ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिलेको गठबन्धन डरमा आधारित छ- अध्यक्ष दाहाल


एबीसी न्यूज
२३ श्रावण २०८१, बुधबार   ४ : ५२   बजे

काठमाडौं २३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान गठबन्धन डरमा आधारित गठबन्धन भएको टिप्पणी गरेका छन् ।

उनले डरमा आधारित भ्रष्टाचारीहरुको संरक्षण गर्ने गठबन्धनबाट जनताले धेरै आशा गर्न सक्ने अवस्था नरहेको बताए । बुधबार पेरिसडाँडामा माओवादी केन्द्र हुम्लाले गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अहिलेको परिस्थितिलाई नेकपा माओवादी केन्द्रले संगठन बनाउने अवसरकारुपमा प्रयोग गर्नुपर्ने बताए ।

अध्यक्ष दाहालले भने, अहिलेको गठबन्धन डरमा आधारित छ । यो गठबन्धन भ्रष्टाचारीलाई संरक्षणका लागि बनाइएको हो । हाम्रो बहिर्गमन जितको हो, हारको होइन । हामीले भ्रष्टाचारको फाइल खोलेकै कारण जबरजस्ती नेतृत्वबाट हटाइएको हो ।ु

उनले अब यही कुरालाई लिएर पार्टीले देशभरि अभियान सञ्चालन गर्नुपर्ने र पार्टीको संगठन विस्तारमा जोड दिनुपर्ने बताए ।

ुमैले संसद्‌मा गरेको सम्बोधन एउटा सम्बोधन मात्रै होइन, त्यो प्रतिक्रान्तिका विरुद्ध नयाँ क्रान्तिका लागि गरिएको अर्को अपिल पनि हो । पार्टी र नेतृत्वको मनस्थिति के हो रु अबको बाटो के हो रु कता जाने हो रु भनेर मैले स्पष्ट कुरा राखेको छु,ु उनले भने, ुहामी सरकारबाट बाहिरिँदै गर्दा एउटा भाष्य बनेकै छ ।

यो सरकारले भ्रष्टाचारका फाइल खोल्यो, र भ्रष्टाचारीहरु डराएर षड्यन्त्र गरे । प्रपञ्च गरे । र उनीहरु एक भएर माओवादी नेतृत्वको सरकारलाई हटाए भन्ने सन्देश जनतामा पुगेको छ ।ु

उनले फेरि पनि माओवादी आन्दोलनको पक्षमा नपत्याउने गरी जनलहर सिर्जना हुन सक्ने सम्भावना देखेको बताए । ुमाओवादीमा गुटहरु छन् । फेरि पार्टी फुट्ने पो हो कि भनेर तपाईहरु सशंकित हुनुपर्दैन,ु उनले भने, ुअब फुट्ने होइन, जुट्ने बेला छ । हिजो फुटेका साथीहरु पनि फेरि एकपटक पार्टीमा गोलबद्ध हुन तयार भएर आउनुभएको छ । मैले त्यसको नेतत्व गर्ने प्रयास गरिरहेको छु ।ु

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने

सांसदका स्वकीय सचिव घरयासी सहयोगी होइन, सूचना प्रविधिमा दक्ष हुनुपर्छ: पोखरेल

सम्बन्धित

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

विश्वभर रहेका आफ्ना नागरिकलाई शतर्क रहन अमेरिकाको आग्रह, नयाँ सुरक्षा चेतावनी जारी

सांसदका स्वकीय सचिव घरयासी सहयोगी होइन, सूचना प्रविधिमा दक्ष हुनुपर्छ: पोखरेल

श्रीलंकाबाट स्वदेश फर्किए प्रचण्ड

फेसबुकको ब्राउजर भर्सन डाउन

पहिरोले थुनियो पोखराको सेती नदी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu