ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३० वर्षदेखि हेलिकप्टर उडाइरहेका थिए पाइलट मल्ल, सूर्यचौरमा अस्ताए


एबीसी न्यूज
२३ श्रावण २०८१, बुधबार   ४ : ५५   बजे

काठमाडौं २३ साउन ।  बुधबार दिउँसो रसुवाको स्याफ्रेबेसीका लागि काठमाडौँबाट उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ।

शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर भन्ने ठाउँमा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

हेलिकप्टरमा जम्मा पाँच जना सवार थिए।

उनीहरू सबैको निधन भएको हो। १ जना महिला र ४ जना पुरुष सवार हेलिकप्टरका सबै मृतकको शव निकालिएको र पोस्टमार्टमका लागि प्रक्रिया सुरु गरिएको नुवाकोटका सीडीओ रामकृष्ण अधिकारीले जानकारी दिए।

हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए। उनीबाहेक सवार अन्य सबै चिनियाँ नागरिक हुन्।

पाइलट मल्ल ३० वर्षदेखि हेलिकप्टर उडाइरहेका अनुभवी पाइलट हुन्। उनले कर्णाली एयररको हेलिकप्टरबाट उडान थालेका हुन्।

मल्ल काठमाडौँकै स्थानीय हुन्। उनको परिवारमा श्रीमती र दुई छोरी छन्।

नागरिक उड्डययन प्राधिकरणका अनुसार हेलिकप्टर उडेको तीन मिनेटमै सम्बन्ध विच्छेद भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने

सांसदका स्वकीय सचिव घरयासी सहयोगी होइन, सूचना प्रविधिमा दक्ष हुनुपर्छ: पोखरेल

सम्बन्धित

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

विश्वभर रहेका आफ्ना नागरिकलाई शतर्क रहन अमेरिकाको आग्रह, नयाँ सुरक्षा चेतावनी जारी

सांसदका स्वकीय सचिव घरयासी सहयोगी होइन, सूचना प्रविधिमा दक्ष हुनुपर्छ: पोखरेल

श्रीलंकाबाट स्वदेश फर्किए प्रचण्ड

फेसबुकको ब्राउजर भर्सन डाउन

पहिरोले थुनियो पोखराको सेती नदी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu