इटहरी, १६ फागुन । सुनसरी जिल्लाको कोशी गाउँपालिकाअन्तर्गतको श्रीपुर गाउँलाई आज सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले खुला दिसामुक्त क्षेत्र घोषित गर्नुहुँदै गाउँघर टोल र बस्ती मात्र होइन प्रत्येक परिवारले स्वस्थ रहन शौचालय प्रयोगमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।
कोशी गाउँपालिका वडा नं ४, ५ र ६ का दुई हजार २६४ घरमा शौचालय बनाई पूर्णरुपमा प्रयोगमा ल्याइएको तथा त्यस क्षेत्रमा रहेका विद्यालय सार्वजनिक सरोकारका कार्यालय लगायतमा समेत शौचालय निर्माणसँगै प्रयोगमा आएपछि कोशी गाउँपालिकाको श्रीपुरलाई खुला दिसामुक्त गाउँ घोषित गरिएको हो ।
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरी तथा जिल्ला सरसफाइ स्वच्छता समन्वय समिति नारी विकास संघ प्रयास नेपाल सुनसरी र स्थानीय कोशी गाउँपालिकाको सक्रियतामा गाउँलाई खुला दिसामुक्त घोषणायोग्य बनाएको जिल्ला ओडिएफ अभियानकर्मी ललिता लम्सालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्