ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दरबारमार्गस्थित भ्वाङ परेको सडकमा फस्दा इन्स्पेक्टर बुढाथोकी घाइते


एबीसी न्यूज
२५ श्रावण २०८१, शुक्रबार   ११ : ५३   बजे

काठमाडौं २५ साउन । काठमाडौँ महानगरपालिकास्थित दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएपछि मार्किङ गर्न पुगेका एक जना प्रहरी अधिकारी घाइते भएका छन्। दरबारमार्ग वृत्तमा कार्यरत इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी उक्त सडक भासिएर भएको भ्वाङमा फसेर घाइते भएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार, बिहीबार राति सडक भासिएको खबर प्राप्त भएपछि मार्किङ गर्न जाने क्रममा इन्स्पेक्टर बुढाथोकी घाइते भएका हुन्।

‘सडकमा प्वाल परेको खबर आएपछि उहाँ मार्किङ गर्न पुग्नुभएको थियो,’ एसपी अधिकारीले भने, ‘उहाँको निधार र हातमा चोट लागेको छ।’

इन्स्पेक्टर बुढाथोकीलाई वीर अस्पताल पुर्‍याएर उपचार गराइएको उनले बताए। ‘उहाँको घाउमा टाँका लगाएर अहिले डिस्चार्ज भइसकेको छ,’ अधिकारीले भने।

इन्स्पेक्टर बुढाथोकी गीत संगीतमा पनि सक्रिय छन्। उनी युट्युब लगायत सामाजिक सञ्जालमा पनि सक्रिय प्रहरी अधिकारी हुन्। युट्युबले उनलाई एक लाख सब्स्क्राइबर बनाएकोमा बधाई दिँदै ‘सिल्भर प्ले बटन’ समेत पाएका थिए।

टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले जनाएका छन्।

अहिले उक्त सडकखण्ड बन्द गरिएको र भ्वाङ परेको सडक टाल्न लागिएको महानगरपालिकाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमती सरकारमा पार्टीकोतर्फबाट सहभागी मन्त्रीहरूलाई राजीनामा दिन एमालेको निर्देशन

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

सम्बन्धित

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध

विपद् व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

चीनको एआई रणनीति अमेरिकाको भन्दा फरक

जोर्डनमा दुई अमेरिकी सैनिक मारिएपछि अमेरिकाद्वारा इरानमाथि जवाफी प्रहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu