ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरो पीडितलाई खानेपानी र विद्युतको समस्या


एबीसी न्यूज
२७ श्रावण २०८१, आइतबार   १२ : ४७   बजे

काठमाडौं २७ साउन ।  पहिरोले प्रभावित बागलुङको बडिगाड गाउँपालिका ९ र १० का विभिन्न बस्तीमा विद्युत् सेवा र पिउने पानीको समस्या भएको छ । गत मङ्गलबार आएको पहिरोका कारण लघु जलविद्युत् आयोजना र खानेपानी योजनामा क्षति पुगेका कारण सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको हो ।

पहिरोका कारण यहाँका धेरै बस्ती जोखिममा परेका छन् । दर्लिङखोला लघु जलविद्युत् आयोजनाको मुहान र कुलोमा पहिरोले क्षति पुर्‍याएपछि वडा नम्बर ९ र १० का करिब एक हजार दुईसय घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष वीरेन्द्रकुमार बुढामगरले बताउनुभयो ।

विद्युत आपूर्ति बन्द हुँदा सर्वसाधारणको दैनिकी कष्टकर भएको छ । पहिरोबाट विस्थापित ५० घरधुरीलाई सार्वजनिक स्थल र विद्यालयमा लगेर राखिएको छ । पहिरोपीडितलाई पिउने पानी, दैनिक उपभोग्य वस्तु र विद्युतको समस्या भएको उहाँले बताउनुभयो । खानेपानी योजनाको मुहान र ट्याङ्की पहिरोले बगाउँदा ६५ घरधुरीमा पानीको आपूर्ति बन्द भएको छ ।

ूपहिरोले लघु जलविद्युत् आयोजनाको मुहान र कुलो बगाएको छ । तत्काल मर्मत सम्भार गर्ने अवस्था छैन,ू वडाध्यक्ष बुढामगरले भन्नुभयो, ूपहिरोले धेरै क्षति पुर्‍याएकाले लघु जलविद्युत् आयोजना मर्मत गरेर पुनःसञ्चालन गर्ने सम्भावना देखिएको छैन । गाउँनै अन्धकार भएको छ । स्कुल पढ्ने बालबालिका र वृद्धवृद्धाहरु धेरै प्रभावित भएका छन् । केन्द्रिय लाइन विस्तारको विकल्प छैन । विद्युत आपूर्ति नहुँदा सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको छ ।ू

 

यसैगरी अविरल वर्षाका कारण सडक अवरुद्ध हुँदा गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ । पहिरोका कारण भिमगिठे–दर्लिङ सडक र बुर्तिबाङ हुँदै आरुपाटा जाने सडक पूर्ण रुपमा बन्द भएको छ । पहिरोले धेरै ठाउँहरुमा सडक क्षतविक्षत बनाएको छ वडाध्यक्ष बुढामगरले भन्नुभयो, ूसडक अवरुद्ध हुँदा गाउँमा दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन थालेको छ । आवतजावतमा समस्या भएको छ । गाउँका पसलहरुमा भण्डारण गरिएको खाद्यान्न सकिन थालेको छ । चारदेखि पाँच घण्टा मानिसले बोकेर खाद्यन्न ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ ।ू

वडाध्यक्ष बुढामगरका अनुसार गत सोमबार राती परेको अविरल वर्षाका कारण वडा नम्बर ९ को नयाँ बस्ती र १० को आरुपाटा, पात्ले, क्लावझिङ, खोर, सल्लेन धारालगायत बस्तीहरु पहिरोको जोखिममा परेका छन् । सबैभन्दा उच्च जोखिममा पात्ले गाउँ परेको उहाँको भनाइ छ ।

गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरेपनि त्यो अपुग भएको पहिरो पीडतहरुले बताएका छन् । पालिकाले खाद्यान्न र त्रिपाल, बत्तीलगायत अति आवश्यक सामग्री उपलब्ध गराएको र थप राहतका लागि प्रदेश र संघ सरकार समक्ष अनुरोध गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।

ूपहिरोका कारण वडा नम्बर १० मा मानविय क्षति ठूलो भयो यसबाट पालिका दुःखी छ । वडा नम्बर ९ का विभिन्न वस्तीहरु पहिरोको उच्च जोखिममा छन्,ू पालिका अध्यक्ष अधिकारीले भन्नुभयो, ूहाम्रो पालिकामा महाविपद नै आइलाग्यो । यसको सामाना गर्ने क्षमता पालिकासँग मात्र रहेन । सङ्घ, प्रदेश र सम्बन्धित सबै निकायसँग हामीले सहयोगको अपिल गरेका छौं ।ू पहिरो पीडितहरुलाई स्थानीय सरकारको अनुभूति दिलाउने गरी कुनै कसर बाँकी नराखी उद्धार, घाइतेको उपचार, राहत वितरण र अन्य सहयोगमा पालिका जुटेको उहाँले बताउनुभयो ।

स्थानीय लघुजलविद्युत तत्काल बनाउन सक्ने अवस्था नभएकाले केन्द्रीय विद्युत् लाइनलाई छिटो विस्तार गर्न विद्युत प्राधिकरणसँग छलफल भएको उहाँको भनाइ छ । पहिरोले धेरै स्थानमा सडकको जगनै बगाएकाले पालिकाले मात्र मर्मत सम्भार गर्न सम्भव नभएकाले संघ र प्रदेश सरकारको सहयोग आवश्यक पर्ने उहाँले बताउनुभयो । अवरुद्ध सडक खुलाउन करिब दुईतीन करोड रुपियाँ बजेट लाग्ने अनुमान गरेका छौं उहाँले भन्नुभयो, ूयति धेरै बजेट पालिकाले व्यवस्था गर्न नसक्ने भएकाले माथिल्लो निकायमा माग गरेका छौं।ू

पहिरो पीडितहरुलाई राहत र जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित स्थलमा राख्ने विषयमा जनप्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु, जिल्ला प्रशासनलगायत सरोकारवालासँग पालिकाले नियमित छलफल गरिराखेको उहाँले बताउनुभयो । क्षतिको विवरण सङ्कलन र घाइतेको उपचार लगायतका विषयमा पालिकाले पहिरो प्रभावित बस्तीहरुमा टोली खटाएको उहाँको भनाइ छ । पहिरोमा परेर ११ जनाको मृत्यु भएको थियो भने एकजनाको अवस्था अझै अज्ञात छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group