काठमाडौं २७ साउन । म्यानमारबाट भागेर बंगलादेश छिर्न खोजिरहेका रोहिंग्याहरूविरुद्ध ड्रोन हमला हुँदा २ सय जनाभन्दा धेरै मारिएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मारिनेमा महिला, बच्चा र पूरै परिवार पनि छन्।
हमला बंगलादेशको सीमा आसपास रखाइन प्रान्तमा भएको हो। घटनामा एक गर्भवती महिला र उनका २ वर्षकी छोरीको पनि मारिएको बताइएको छ।
यो हमलाको दोष मिलिसिया र म्यानमारका सेनाले एकअर्कालाई लगाइरहेका छन्। रोहिंग्याहरू बंगलादेश प्रवेश गर्न कुरिरहेका बेला सो हमला भएको हो।
उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा पोस्ट भएको छ। जसमा शव तितरबितर देखिन्छन्। नजिकै सुटकेस र झोला छन्।
प्रतिक्रिया दिनुहोस्