ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य मन्त्रालयले गर्‍यो १७ अस्पतालको विवरण सार्वजनिक


एबीसी न्यूज
२८ श्रावण २०८१, सोमबार   ३ : ५५   बजे

काठमाडौं २८ साउन । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका १७ अस्पतालले सेवामा सुधार थालेका छन्। पदभार सम्हालेलगत्तै गत साउन ४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल तथा प्रतिष्ठान प्रमुखहरुसँग संयुक्त बैठक बसेर अस्पतालमा देखिएको भिडदेखि सेवालाई दुई सिफ्टमा थप गुणस्तर वृद्धि गर्न ९ बुँदे निर्देशन जारी गरेका थिए।

एक महिनाभित्र भीड व्यवस्थापन गर्ने लक्ष्यअनुरुप हालसम्म रिपोर्ट प्राप्त सबै अस्पतालले सुधार भएको जानकारी पठाएको मन्त्रीको सचिवालयले जनाएको छ।

शुक्रराजमा स्वास्थ्य बिमाबाट ९० प्रतिशत बढी औषधी
अहिले संघ मातहतका १७ अस्पताल सबैले मन्त्रालयको निर्देशनअनुसार दुवै सिफ्टमा सेवा थालेका छन्। संघीय राजधानी काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले हरेक दिन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म दुई सिफ्टमा सेवा आरम्भ गरेको छ।

अस्पतालले स्वास्थ्य बीमाका सेवाग्राहीलाई ९० प्रतिशत बढी औषधी आफ्नै फार्मेसीबाट वितरण थालेको छ। अस्पतालको शौचालयलगायत क्षेत्रमा सुधार भएको विवरण अस्पतालले दिएको छ।

परोपकारमा अपरेशन अवधि १ घण्टा बढाइयो

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा जनरल ओपिडी सेवा एक ९ देखि ४ बजेसम्म थालिएको छ।
यसका अलावा अपरेशन सेवामा एक घण्टा वृद्धि गरिएको रिपोर्ट अस्पतालले दिएको छ। भिड व्यवस्थापनका लागि अनलाइन टिकट प्रभावकारी देखिएको अस्पतालले जनाएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञानमा विस्तारित सेवा
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिडी सेवा दुई सिफ्टमा सञ्चलनका अतिरिक्त अस्पतालको सेवा अवधि थप गरेको छ।

अस्पतालमा रेडियोलोजीका लागि बेग्लै काउन्टर खोलिएको छ। प्रतिष्ठानमा सेवा लिनका लागि क्युआरमार्फत भुक्तानी भैरहेको छ।

राष्ट्रिय ट्रमा सेन्टरमा २४ सै घण्टा आकस्मिक शल्यक्रिया
राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंले २४ सै घण्टा आकस्मिक शल्यक्रिया आरम्भ गरेको छ। अस्पतालले नियमित शल्यक्रियाका लागि भर्ना भएका बिरामीको एक हप्ता र ओपीडीका लागि एक महिनाभित्र शल्यक्रियाको पालो आउने व्यवस्था मिलाएको छ।

स्वास्थ्य बीमाका औषधी पर्याप्त व्यवस्था गरेको अस्पतालले दुईवटा टिकट काउण्टर र अनलाईन पेमेन्ट सुविधा पनि दिएको छ।

मनमोहनमा १ महिनाभित्रै शल्यक्रिया, अनलाइनबाट ल्याब रिपोर्ट
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले ओपीडीको टिकट बिहान ११ः३० सम्म व्यवस्था गरेको छ। अस्पतालले दर्ता भएको एक महिनाभित्र नै शल्यक्रिया गर्ने व्यवस्था मिलएको छ।

साथै, अनलाइनबाटै ल्याब रिपोर्ट लिने व्यवस्था पनि अस्पतालले गरेको छ।

कान्तिमा शैय्या थप प्रक्रिया सुरु
कान्ति बाल अस्पताल महाराजगञ्जमा आकस्मिक बाल उपचारका लागि ६ शैय्या तथा अब्जरभेसनका लागि २० शैय्या थप गर्ने प्रक्रिया आरम्भ भएको छ।

अस्पतालमा भीड व्यवस्थापनका लागि टोकन प्रणालीलाई थप व्यवस्थित बनाइएको जानकारी अस्पतालले दिएको छ।

पाटनमा बिदामा पनि शल्यक्रिया र ओपीडी
पाटन स्वाथ्य विज्ञान प्रतिष्ठानले भीड व्यवस्थापनका लागि साधारण र शुल्क क्लिनिक प्रणाली व्यवस्थापन गरेको छ।

डिजिटल बिल प्रणाली भदौ १ बाट थाल्ने अस्पतालले बिदाको दिनमा समेत ओपीडी र शल्यक्रिया थालेको छ।

अन्य अस्पतालहरुको सेवामा उल्लेख्य सुधार
वीरगञ्जको नारायणी अस्पतालले शैय्या अभाव हटेको छ। अस्पपतालमा स्वास्थ्य बीमाका औषधी पर्याप्त मौज्दान रहेको र भिड व्यवस्थापनका लागि टोकन प्रणाली र अनलाईन टिकट व्यवस्था गरिएको छ।

बीपी कोइराला मेमोरिल क्यान्सर अस्पताल चितवन, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, जीपी कोइराला स्वासप्रस्वास केन्द्र तनहुँ,वीर अस्पताल लगायतले पनि भीड व्यवस्थापन, सरसफाइ लगायतमा भएको सुधारबारे विवरण पठाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group