काठमाडौं २८ साउन । सुमेरू बचत तथा ऋण सहकारी संस्था पुल्चोकका शेयर सदस्य राजबहादुर सिंहसँग संसदीय छानबिन विशेष समितिले बयान लिएको छ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको ३६ औँ समिति बैठकमा सोमबार सिंहसँग सोधपुछ गरिएको सभापति सूर्य थापाले जानकारी दिए।
‘विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये आज सुमेरू वचत तथा ऋण सहकारी संस्था लि।पुल्चोकका शेयरसदस्य राजबहादुर सिंहसँग समितिको बैठकमा सोधपुछ गरिएको छ,’ उनले भने।
थापाका अनुसार, आफ्नो निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुनः संचालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको जानकारी सिंहले समितिको बैठकलाई गराएका छन्।
यसअघि तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा नख्खु कारागारबाट झिकाएर समितिले बयान लिएको थियो।
प्रतिक्रिया दिनुहोस्