ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंगापुरको विकास मोडल सिक्न नेपाली श्रमिक लैजान प्रस्ताव


एबीसी न्यूज
२८ श्रावण २०८१, सोमबार   ४ : ४०   बजे

काठमाडौं २८ साउन । नेपाल निर्माण व्यवसायी महासंघले एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण सङ्गठनहरूको छाता संगठन ९ईफाप्का० का महासचिव एनजी एक मेङ्गसँग भेटवार्ता गरेको छ।

ईफाप्का सदस्य राष्ट्रका समस्यालाई सम्बोधन र सम्बन्ध बिस्तार गर्नका लागि पाँच दिने नेपाल भ्रमणमा आएका महासचिवलाई महासंघले स्वागत गरेको हो।

महासचिवसँगको भेटपछि महासंघका अध्यक्ष रवि सिंहले महासचिवसँग सिंगापुरको विकासको प्रविधि साटासाट गर्ने विषयमा छलफल भएको बताए।

सिंहले नेपालको श्रम शक्तिलाई सिंगापुरमा सीप सिक्नको लागि पठाउने र नेपाल सिंगापुरको निर्माण क्षेत्रसँग सहकार्य गर्न प्रस्ताव गरिएको बताए।

उनले महासचिवले महासंघको प्रस्तावलाई स्वीकार गरेको पनि जानकारी दिए।

अध्यक्ष सिंहले नेपालमा निर्माण श्रमिकलाई तालिम केन्द्र स्थापना गरी सिंगापुरमा श्रमिक पठाउने विषयमा छलफल भएको बताए।

ईफाप्काका महासचिव मेङ्गले नेपाल निर्माण व्यवसायी महासंघ ईफाप्काको महत्वपूर्ण सदस्य भएको बताए। उनले ईफाप्कामा १८ देशहरू सदस्यको रुपमा रहेको भन्दै सबै देशको निर्माण क्षेत्रका समस्या सुन्ने र सुधार गर्ने योजनाका साथ भ्रमण गरेको बताए।

उनले सिंगापुर र नेपालको निर्माण क्षेत्रसँगको सहकार्यमा निर्माणसम्बन्धी तालिमको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिन तयार रहेको बताए।

महासचिव मेङ्गले नेपाल अल्पविकसित मुलुक भएकाले निर्माण क्षेत्र सुधार नयाँ प्रविधिको माध्यमबाट गर्न आवश्यक रहेको बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group