ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याराथन प्रतियोगिताको उपाधि डंगोललाई


admin
१७ फाल्गुन २०७४, बिहिबार   ६ : ४६   बजे

काठमाडौँ, १७ फागुन। भगवती युवा क्लब टोखाले आयोजना गरेको म्याराथन प्रतियोगिताको उपाधि श्रीराज डंगोलले हात पारेको छ ।

क्लबको २७ औँ वार्षिकोत्सवका अवसरमा आज टोखामा आयोजित कार्यक्रममा डंगोलले पाँच किलोमिटर दौड १७ मिनेटमा पार गरी उपाधि हात पारेको हो ।

यसैगरी सुजेन्द्र श्रेष्ठले १८ मिनेट र सुनिल श्रेष्ठले १८ मिनेट ५० सेकेण्डमा पाँच किलोमिटर दौड पार गरी क्रमशः द्वितीय र तृतीय भएका छन् ।

यस्तै महिला म्याराथन प्रतियोगिताको उपाधि रोशनी श्रेष्ठले हात पारेको छ । उहाँले तीन २ दशमलव ५ किमीको दूरी १२ मिनेटमा पार गरी उपाधि हात पारेको हो ।

रश्मी श्रेष्ठले १२ मिनेट ५० सेकेण्ड र प्रश्ना श्रेष्ठले १३ मिनेटमा सो दूरी पार गरी क्रमशः द्वितीय र तृतीय हुनुभएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु तीन हजार, द्वितीयलाई रु दुई हजार र तृतीयलाई रु एक हजार नगद पुरस्कार प्रदान गरिएको क्लबका सचिव अमूल्यकाजी महर्जनले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भगवती युवा क्लबले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि क्लबले सामाजिक कामका अतिरिक्त खेलकुदको विकासका लागि महत्वपूर्ण भूमिका खेल्न विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

८ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, संघीयता र पहिचानको एजेन्डामा साझा अभियान[पूर्णपाठ]

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

सम्बन्धित

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu