हेटौंडा ३२ साउन । कर वृद्धिको विरोधमा हेटौंडा उपमहानगरका व्यवसायीले आफ्ना पसल –व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धिविरूद्दको आन्दोलनलाई साथ दिँदै व्यवसायीहरूले शुक्रबार आफ्ना व्यवसाय बन्द गरेर उपमहानगर कार्यालयमा धर्ना दिएका हुन् ।
व्यवसायीहरूले व्यवसायिक सटरको साँचो उपमहानगरपालिकालाई बुझाउने तयारी गरेका छन् ।
व्यवसायीहरूले प्रहरीले कार्यालय प्रवेशमा रोक लगाएको छ । कार्यालयको मूल गेटमा प्रहरीले छेकबार लगाउन खोजे पनि व्यवसायीहरू प्रहरीलाई धकलेर परिसरभित्र प्रवेश गरेका छन् । कार्यालय परिसरबाटै व्यवसायीहरूले नाराबाजी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्