ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ताको खेलमा नलागी जनताको अधिकारका लागि अघि बढ्छौँ : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
११ भदौ २०८१, मंगलबार   ३ : ४२   बजे

काठमाडौं ११ भदौ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेलमा नलाग्ने उद्घोष गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उहाँले सत्ताको खेलभन्दा जनताको अधिकारका लागि अघि बढ्ने बताउनुभएको हो । ‘काङ्ग्रेस(एमालेका साथीलाई म यही रोस्टमबाट सम्बोधन गर्दछु, प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, तपाईँहरूकहाँ सत्तामा हिस्सेदारी माग्न आउनेछैन । माओवादी भनेको पार्टीभन्दा पनि आन्दोलन हो, सीमान्त वर्ग, वर्ण, लिङ्ग र क्षेत्रको आन्दोलन’, उहाँले भन्नुभयो, ‘म यही संसदबाटै स्वीकार गर्छु, यसबिचमा कमजोरी भए । जनतासँग संवादका कमजोरी भए । व्यवहारका कमजोरी भए । वर्गीय पक्षधरताका कमजोरी भए । त्यही कमजोरीमा खेलेर अब तपाईँ सीमान्तहरूका प्राप्त अधिकार खोस्न चलमलाउन थाल्नुभयो । माओवादी कमजोर भयो कि भनेर षड्यन्त्र गर्न थाल्नुभयो । समापन भइसकेको राजनीतिक क्रान्तिको दस्ताबेज फेरि उल्टाउन थाल्नुभयो ।’

माओवादीको ध्यान अब सत्तामा छैन, षड्यन्त्रको प्रतिरोधमा रहेको औँल्याउँदै उहाँले थप्नुभयो, ‘आन्दोलनको पुनर्गठनमा छ । त्यही पुनर्गठनका बलमा हामी भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौँ । पहिला पनि बनाएका हौँ, अब पनि बनाउनेछौँ । त्यतिबेलासम्म कृपया तपाईँहरू मिलिदिनुहोला । फेरि बिचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला ।’

पछिल्ला केही वर्षदेखि यो देशमा माओवादी र प्रचण्ड नै अस्थिरताको मुख्य कारक भएको भाष्य बनाउन एकदमै धेरै मेहनत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मलाई त्यो मेहनत गरिरहेकालाई सोध्नु थियो, जेलाई अस्थिरता भनिएको हो, के प्रचण्ड एक्लैले ल्याउन सक्ने अस्थिरता हो रु जम्मा ३२ सिट भएको पार्टीले एक्लै ल्याएर ल्याइन्छ अस्थिरता रु प्रचण्डले एक्लै फेरेर फेरिन्छन् सरकारहरू रु त्यसमा ठुला दलहरूको हुने होइन र मुख्य भूमिका रु तर, प्रधानमन्त्री थिएँ, त्यसैले यो प्रश्न सोध्न सक्दैनथेँ । कांग्रेस–एमालेले मलाई आज यो प्रश्न सोध्न सक्ने बनाइदिनुभएको छ । त्यसका लागि धन्यवाद छ ।’

‘अस्ति कांग्रेस–एमालेका नेताले संसदमा भनेको सुनेँ, माओवादीले पालैपालो कांग्रेस र एमालेलाई प्रयोग गर्‍यो, धोका दियो । ए साथी हो, काँग्रेस र एमालेले पटक(पटक माओवादीलाई प्रयोग गरेको र धोका दिएको हिसाब खै रु’, उहाँले थप्नुभयो, ‘माओवादीले पटक(पटक कांग्रेस र एमालेलाई सरकारको नेतृत्वमा पुर्याएको विगत खै रु माओवादीको साथ पाएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख हासिल गरेको हिसाब खै रु कसको सहयोगमा अघिल्लो पटक झन्डै दुई तिहाइको प्रधानमन्त्री हुनुभएको हो केपी ओलीजी रु कसले बनाएको हो, उहाँलाई पहिलो पटक प्रधानमन्त्री रु’

आज सिटका कुरा गर्ने तर हिजो प्रत्यक्षमा जम्मा २३ र समग्रमा ६३ सिट भएको नेपाली कांग्रेसले यही प्रचण्ड र माओवादीकै बलमा प्रधानमन्त्री पाएको होइन रु भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘धोकाको आरोप लगाउने साथीहरू, सुन्नोस् । इतिहासका विद्यार्थी पनि सुन्नोस् । यो देशको इतिहासमा सत्ताको वितरणको राजनीतिक सम्झौता केवल एक पटक मात्र पालना भएको छ, केवल एक पटक र केवल एक व्यक्तिले मात्र पालना गरेको छ । म यो सम्मानित रोस्टमबाट म गौरवसाथ भन्न सक्छु, त्यो व्यक्ति हो, पुष्पकमल दाहाल ‘प्रचण्ड’ । मेरो चुनौती छ, यो संसदमा अरू कोही, कुनै, एकजना पनि हुनुहुन्छ, यो भन्न सक्ने रु’

सरकारमा सङ्ख्याको उन्माद

अध्यक्ष ‘प्रचण्ड’ले सरकार सङ्ख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सरकार अहङ्कारपूर्ण तर गलत बाटोतिर अग्रसर भएको बताउनुभएको हो ।

‘प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा यो सम्मानित रोष्टम म अलि अगाडि नै पनि उपयोग गर्न सक्थेँ । गरिनँ । किनकि, म सरकारलाई हनिमुन पिरियडसम्मै शङ्काको सबै सुविधा दिने पक्षमा थिएँ ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सङ्ख्यात्मक रूपमा प्रतिपक्षी बेन्च सानो भएको बेला सङ्ख्याको बलमा सरकारले जे गरे पनि हुन्छ र गर्न सक्छ भन्ने साथीलाई लागेको हामीले देख्यौँ । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा म आज यही रोष्टमबाट घोषणा गर्दछु, सत्ताको कुनै पनि अनैतिकता, बेथिति र बेइमानीको हामी निरीह साक्षी हुने छैनौँ ।’

सरकारका एकरएक अपराधलाई यही संसदमा नङ्ग्याउने, खबरदारी र प्रतिरोध गर्ने चेतावनी दिँदै उहाँले प्रतिपक्ष कमजोर होला कि भन्ने चिन्ता वा कमजोर हुनेछ भन्ने खुसी कसैलाई छ दुबैलाई आश्वस्त हुन आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

डडेल्धुरामा जिप दुर्घटना : ४ सय मिटर तल खस्दा दार्चुलाका दुई जनाको मृत्यु, तीन घाइते

सम्बन्धित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu