ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उमेर हदका कारण अवकाश हुन लागेका एआईजी ज्ञवालीसहित ५ जना सर्वोच्चमा


एबीसी न्यूज
१२ भदौ २०८१, बुधबार   ४ : ४२   बजे

काठमाडौं १२ भदौ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी श्यामलाल ज्ञवालीसहित ५ जनाले उमेर हदका कारण हुने अवकाश रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

भदौ २६ गतेबाट अनिवार्य अवकाश हुन लागेका एआईजी ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, राजेशनाथ बास्तोला, केदार ढकाल र प्रहरी निरीक्षक नागेन्द्र ठाकुरले रिट दायर गरेका हुन्।

उनीहरूले उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेको भन्दै त्यसलाई रोक्न अन्तरिम आदेश माग गरेका छन्। रिटमा बिहीबारलाई पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।

यसअघि नेपाल प्रहरीका डीआईजी विष्णुकुमार केसीसहित २१ जनाले सर्वोच्च अदालतमै ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै रिट दायर गरेका थिए।

उनीहरूको पक्षमा सर्वोच्चले अन्तरिम आदेश दिएपछि एआईजी ज्ञवालीसहितका अधिकारीहरू पनि अवकास रोक्न माग गर्दै सर्वोच्च पुगेका हुन्। तर उक्त आदेशविरुद्ध सरकारले भ्याकेट निवेदन दिएको छ।

यसअघिको अन्तरिम आदेश बदर भए ८९ जना अधिकारीहरू पनि भदौ १६ गतेबाट अवकाशमा जानेछन्।

सेवा अवधि नपुग्दै बिदा हुँदैछन् प्रहरीका ३ एआईजी र ९ डीआईजी
एआईजीको ५६ वर्षे उमेर हदका कारण एआईजी श्यामलाल ज्ञवाली भदौ १६ गते अवकाश हुँदैछन्। उनले ३० वर्ष पनि नेपाल प्रहरीमा जागिर खान नपाउने भएका हुन्।

मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरले पनि असोज १४ गते अवकाश हुनेछन्। डीआईजी राजेशनाथ वास्तोला कात्तिक ११ गते र केदार ढकाल मंसिर २२ गते अवकाश हुनेछन्।

उनीहरूलाई प्रहरी किताबखानाले अवकाशको पत्र पनि थमाइसकेको छ। अवकाशको पत्र पाइसकेका उनीहरूलाई त्यसलाई कार्यन्वयनमा रोक लगाउन सर्वोच्चको आदेश माग गरेका हुन्।

उनीहरूले ऐनमा नै तत्काल संशोधन गरी हाल कायम रहेको पदीय हैसियतका आधारमा उमेरको गणना गरी अवकाश दिने व्यवस्था हटाउन परमादेश माग गरेका छन्।

उनीहरूले यो रिटको अन्तिम टुंगो नलागेसम्म, ऐनमा व्यवस्था नभएसम्म आफूहरूलाई काममा निरन्तरता दिन अन्तरिम आदेश पनि माग गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व डा. देवेन्द्रराज पाण्डेको निधन

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

सम्बन्धित

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu