ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाम्रो पार्टीबाट अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हो, म होइन : आरजु


एबीसी न्यूज
१३ भदौ २०८१, बिहिबार   ११ : ५५   बजे

काठमाडौं १३ भदौ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले देशमा बेथितिहरू बढ्दै जान थालेपछि राजनीतिको बाटो पछाडितिर जान्छ कि भन्ने पीरले दुई ठूला दल एक ठाउँमा उभिएको दाबी गरेकी छिन्।

बिहीबार धनगढीस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले विशेष परिस्थितिका कारण दुई ठूला दलहरू एक ठाउँमा उभिएको बताइन्। साथै, उनले आफू अहिले देशको प्रधनमन्त्री हुने सम्भावना नरहेको पनि बताइन्।

केहीदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्री बनाउउने आफ्नो चाहना रहेको र छिट्टै त्यसको तयारी गर्ने बताएका थिए।

ओलीको उक्त भनाइ उद्धृत गर्दै पत्रकारहरूले ‘महिला प्रधानमन्त्री बनाउने भन्ने ओलीको भनाइ तपाईंलक्षित होरु’ भनेर प्रश्न गरे।

जवाफमा मन्त्री देउवाले भनिन्, ‘पार्टी भित्रै मेरो हैसियत कति छ मलाई थाहा छ। म प्रधानमन्त्री ज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।’

उनले उक्त कुरा प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका महिला नेतृत्वका लागि भनेको हुनसक्ने पनि बताइन्।

‘त्यो कुरा मलाई भन्नु भएको जस्तो लाग्दैन। उहाँको आफ्नै पार्टीको क्यान्डिडेट भएको जस्तो लाग्छ,’ उनले अघि भनिन्, ‘हाम्रो बाट आगामी प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो।’

मन्त्री देउवाले आगामी निर्वाचनसम्मै अहिलको गठबन्धन कायम रहने पनि बताएकी छिन्। दुई ठूला दलले संविधान संशोधनको विषयलाई उठाएको जिकिर गर्दै समावेशीताका विषयमा कुनै परिवर्तन नहुने बताइन्।

‘संविधानको रिभ्यू पनि हो। मूल मर्म परिवर्तन गर्दैनौँ। संविधानलाई शान्तिको डकुमेन्टको रुपमा पनि लिएका छौँ। विविधतालाई समेटेर समावेशी बनाएका छौँ, त्यसमा परिवर्तन ल्याउँदैनौँ। पाँच वर्षको जुन अभ्यास भएको छ, यो बीचमा सिकाइ भएको छ। यसलाई लिएर इम्प्रुभ गर्ने कुरा हो,’ मन्त्री देउवाले भनिन्।

गौरा पर्व मनाउन बुधबार धनगढी पुगेकी देउवा बिहीबार काठमाडौँ फर्किएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागरिक आन्दोलनका अग्रणी व्यक्तित्व डा. देवेन्द्रराज पाण्डेको निधन

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

सम्बन्धित

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu