ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीमा ३० वर्षे हटाउने आदेशविद्धको भ्याकेट न्यायाधीशद्वय सुवेदी र शर्माको इजलासमा


एबीसी न्यूज
१३ भदौ २०८१, बिहिबार   ११ : ५९   बजे

काठमाडौं १३ भदौ ।  नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन सर्वोच्चले दिएको अन्तरिम आदेश बदर गर्न माग गर्दै परेको भ्याकेट निवेदनको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ।

न्यायाधीशद्वय रघु सुवेदी र बिनोद शर्माको संयुक्त इजलासमा बिहीबारका पेसी चढेको हो। महान्यायाधिवक्ताको कार्यालय मार्फत गत मंगलबार सर्वोच्चमा सो आदेशविरुद्ध भ्याकेट दर्ता भएको थियो।

त्यसअघि गत बिहीबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले २१ प्रहरी अधिकारीहरुको रिटमा सुनवाइ गर्दै ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने व्यवस्था कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

अवकाश हुन लागेका ८९ जना प्रहरी अधिकारीहरूलाई सेवामा निरन्तरता दिन आदेश दिँदै पूर्ण सुनुवाइका लागि असोज १० गतेलाई पेसी तोकिएको छ।

प्रहरीमा ३० वर्षे हटाउन सर्वोच्चको आदेश, ८९ नेपाल प्रहरीको जागिर जोगियो

सरकारले नयाँ प्रहरी ऐनको मस्यौदा तयार पारेर छलफल गरिरहेको अवस्थामा आएको सर्वोच्च अदालतको आदेशले आफ्नो कार्यक्षेत्रमा हस्तक्षेप भएको निवेदनमा उल्लेख छ।

सर्वोच्च अदालतले कार्य क्षेत्र बाहिर गएर गरेको अन्तरिम आदेश बदर हुनु पर्ने माग गरिएको छ।

सर्वोच्चको यो आदेशले भदौ १६ गते नै अवकाशमा जाने प्रहरीहरु कायम रहने र यसले प्रहरी संरचनामै फरक पार्ने निवेदकको जिकिर छ।

३० वर्षे सेवा अवधिका कारण बागमती प्रदेश प्रमुख डीआईजी विष्णुकुमार केसीसहित ११ जना एसएसपी, एसपी, डीएसपी र इन्सपेक्टर गरी ८९ जना यही शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेका थिए।

तर, सर्वोच्चको अन्तरिम आदेशसँगै उनीहरूले सेवामा निरन्तरता पाउने अवस्था बनेको थियो।

१० वर्षअघिको आदेश कार्यान्वयन नगरेपछि सर्वोच्चले गरिदियो प्रहरीमा उथलपुथल
सर्वोच्च अदालतले नै मंगलबार सशस्त्र प्रहरीमा भने ३० वर्षे सेवा अवधि हटाउन अस्वीकार गरेको छ। डीआईजीसहित १२ अधिकारीले दिएको रिट निवेदनमा सुनुवाइ गर्दै अन्तरिम आदेश दिन न्यायाधीश शारङ्गा सुवेदीको इजलासले अस्वीकार गरेको हो।

सर्वोच्चले अन्तरिम आदेश नदिएसँगै सशस्त्र प्रहरीका २ डीआईजी र एक एसएसपीसहित १६ जना अवकाश हुने निश्चित भएको हो। न्यायाधीश सुवेदीको इजलासले विपक्षीसँग १५ दिनभित्रमा लिखित जवाफ माग गरेको छ। तर लिखित जवाफ पेश भएर सुनुवाइ अगाडी बढ्दा यी प्रहरी अधिकारीहरु अवकाशमा गइसकेका हुनेछन्।

सशस्त्र प्रहरीका यी १६ जना र नेपाल प्रहरीका ८९ जना २०५१ भदौ १६ गते एकसाथ नेपाल प्रहरीको सहायक निरीक्षकमा भर्ना भएका थिए। सशस्त्र प्रहरी स्थापना भएपछि बढुवाको अवसर लिँदै उता गएकाहरू अनिवार्य अवकाशमा जाने तर नेपाल प्रहरीमा रहेकाहअरु अवकाश नहुने दोहोरो आदेश सर्वोच्चबाट आएको हो।

सर्वोच्चका दुईथरी आदेश स् सँगै भर्ना भएका ८९ जना जागिर खाने, १६ जना घर जाने

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group