ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पारा ओलम्पिकमा नेपालका भरतले आज जापानी खेलाडीसँग प्रतिस्पर्धा गर्ने


एबीसी न्यूज
१३ भदौ २०८१, बिहिबार   १ : ५०   बजे

काठमाडौं १३ भदौ । पेरिस पारा ओलम्पिक २०२४ मा बिहीबार नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले जापानी खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन् ।

भरतले पारा तेक्वान्दो के(४४ क्याटगोरी अन्तर्गत पुरुष ५८ केजीमुनिको प्रिक्वार्टरफाइनलमा जापानी खेलाडी मित्सुया तानाकासँग खेल्नेछन् ।

 

यो खेल नेपाली समयअनुसार दिउँसो ३ बजे ग्राण्ड पलाइसमा सुरु हुनेछ । यस खेलको विजेताले क्वार्टरफाइनलमा अजरबैजानका सबिर जेनालोभस प्रतिस्पर्धा गर्नेछ ।

भरत वाइल्ड कार्डमार्फत पहिलो पटक पारा ओलम्पिकमा छनोट भएका हुन् ।

 

पेरिस पारा ओलम्पिकमा नेपालबाट तीन खेलाडी सहभागी छन् । जसमा पारा तेक्वान्दोबाट भरतसहित पलेशा गोवर्द्धन र पारा पौडीमा भीमबहादुर कुमाल छन् ।

पलेसा लगातार दोस्रो पटक पारा ओलम्पिक खेल्दैछिन् । उनी छनोट चरण पार गरेर पारा ओलम्पिक खेल्ने पहिलो नेपाली पारा खेलाडी बन्दैछिन् ।

पलेसाले शुक्रबार के(४४ क्याटेगोरीअन्तर्गत नै महिला ५७ केजीमूनी पहिलो खेलमा भेनेजुएलाकी भालेरिया मवरालेससँग खेल्नेछिन् ।

यस खेलको विजेताले क्वार्टरफाइनलमा ब्राजिलकी मायारा सिल्भाना फर्नान्डेजसँग प्रतिस्पर्धा गर्नेछ । फर्नान्डेज बाई पाउँदै क्वार्टरफाइनल पुगेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओभरलोडले कलंकी–नागढुङ्गा सडकको आयु घटाउँदै, पानी चुहाउने ट्रकले दुर्घटनाको जोखिम बढायो

‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’

सम्बन्धित

१०औँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि, मस्कट रेड पांडा

बायर्नसँग सम्झौता नवीकरणबारे छलफल गर्न तयार ह्यारी केन

रोड्री बार्सिलोनामा आबद्ध, नयाँ चुनौती र उत्साहका लागि तयार

एसियन गेम्सका लागि अफगानिस्तानको क्रिकेट टोली घोषणा, ६ नयाँ अनुहार

फिफाका प्रमुख सञ्चालन अधिकृत बर्खास्त

नेपाल ‘ए’ टप एन्ड टी–२० सिरिज खेल्न अस्ट्रेलिया प्रस्थान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu