ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबै पाइलटहरु बहादुर बनेका कारण हवाई दुर्घटना – महानिर्देशक अधिकारी


एबीसी न्यूज
१३ भदौ २०८१, बिहिबार   २ : २४   बजे

काठमाडौ, १३ भदौ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पाइलटकै कारण नेपालमा ९८ वटा हवाई दुर्घटना भएको दाबी गरेका छन्।

बिहीबार वायुसेवा सञ्चालक संघले आयोजना गरेको हवाई सुरक्षा सम्बन्धि कार्यक्रममा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन्।‘नेपालमा भएका धेरै हवाई दुर्घटनाहरू बादलभित्र वा खराब मौसममा छिर्दा पहाडमा ठोक्किने र जंगलमा ठोक्किने गरेका छन्,’ महानिर्देशक अधिकारीले भने, ‘नेपालको नागरिक उड्डयन प्राधिकरणको नियम छ। भिएफआर उडानमा खराब मौसम हेरेर उडान गर्ने नियम बनाएको छ। तालिम छ। सुरक्षा विज्ञ पाइलटहरू छन्। तर स्टिल बादलमा छिर्नु हुन्छ। पाइलटहरूमा गोरर्खाली बहादुरी धेरै भयो जस्तो लाग्छ।’ तथ्यांक हेर्दा धेरै वरिष्ठ पाइलटहरुको हवाई दुर्घटनामा मुत्यु भएको पनि महानिर्देशक अधिकारीले बताए। उनले भने, ‘धेरै राम्रा मान्छेहरु गुमायौं। ९८ वटा हवाई दुर्घटनामा बादल वा खराब मौसममा छिरेर भएको छ।

त्यहाँ नछिरेको भए अहिलेको नेपालको हवाई उडानमा कालो दाग लाग्ने थिएन।’जहाजमा गम्भिर समस्या भएर हवाई दुर्घटना भएको भए छलफल गर्नुपर्ने स्थिती रहेकामा पाइलटकै बहादुरीले दुर्घटना भएको उनले दाबी गरे। ‘तर सबै पाइलटहरु बहादुर भएकाले यस्तो भएको हो,’ उनले भने। हवाई सञ्चालकलाई पनि ‘माथि जान’ वा पैसा कमाउन हतार भएको महानिर्देशक अधिकारीले दाबी गरे। ‘सेयर होल्डरले उडान नगर भन्दा रेगुलेटरविरुद्ध सर्वोच्च पुग्नुभयो। कति जना सेयरहोल्डर पाइलटहरू हेलिकप्टर दुर्घटना भएर मुत्यु भयो। यसको जिम्मा कसले लिन्छ ?,’ उनले प्रश्न गरे।

हवाईं दुर्घटनाबारे आफूमाथि लागेको आरोप पनि महानिर्देशक अधिकारीले खण्डनको कोसिस गरे। बहादुर पाइलट बादलमा जहाज उडाउने कुरा आफूले पछाडि बसेर नियन्त्रण गर्न नसक्ने उनले बताए। उनले भने, ‘कित नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक खराब मौसमभित्र नजा भनेर पछाडि बस्नुप¥यो । होइन भने यो भन्दा बढी के गर्नुछ ?’ अब पनि हवाई सुरक्षाका विषयमा नसोच्न र नगर्ने हो भने समयले धेरै पछाडि छोड्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group