ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीले राणालाई भेट्नु सामान्य हो, के के न भएजस्तो नगरौँ -प्रधानमन्त्री


एबीसी न्यूज
१३ भदौ २०८१, बिहिबार   ९ : ३५   बजे

काठमाडौं १३ भदौ ।  भारतको चारदिने भ्रमण सकेर परराष्ट्रमन्त्री डा। आरजू राणा देउवा नेपाल फर्किएपछि यसका ‘साइड इफेक्ट’का बारेमा अनेकन अनुमान भइरहेका छन्।

भारतले राणालाई महत्त्व र सम्मान दिएको भन्दै सो भ्रमणले अत्यधिक चर्चा पाएको छ। अर्कोतिर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई समकक्षी नरेन्द्र मोदीले भ्रमणको निम्तो नपठाएपछि कांग्रेस–एमाले गठबन्धनप्रति भारत खुसी नदेखिएको विश्लेषण भइरहेको छ।

यो विषयले एमाले बैठकमा समेत प्रवेश पाएको छ।

बिहीबार ९भदौ १३० ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले राणाको भारत भ्रमणको विषयमा मुख खोलेका छन्।

उनले पराराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेट सामान्य शिष्टाचार मात्र रहेको ब्रिफिङ गरेका थिए। आफूसँगको सल्लाहमै परराष्ट्रमन्त्री भारतको भ्रमणमा निस्केको र त्यहाँ भएका सबै भेटवार्ता नियमित प्रक्रिया अन्तर्गत नै भएको ओलीको भनाइ छ।

भारतले प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो नदिनु तर, परराष्ट्रमन्त्री आरजूलाई ‘प्रधानमन्त्री सरहकै’ सम्मान दिनुको पछाडिको कारणका विषयमा विभिन्न अड्कलबाजी भइरहेका बेला ओलीले कांग्रेस–एमाले गठबन्धनमा कुनै समस्या नभएको बताए।

‘उहाँ ९मन्त्री राणा०को भारत भ्रमणले कुनै समस्या छैन। उहाँलाई सामान्य ढंगबाट पठाइएको हो। उहाँलाई सम्मान दिइएको राम्रो कुरा हो, त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ। अतिरञ्जित बनाउन आवश्यक छैन,’ बैठकमा ओलीको भनाइ उधृत गर्दै एक एमाले पदाधिकारीले भने, ‘के–के न ठूलो कुरा होइन, परराष्ट्रमन्त्रीजस्तो मान्छे जाँदा भेट्नु सामान्य हो।’

‘नेपालमा हामीले सचिव आउँदा त भेटिरहेका हुन्छौँ। यहाँको परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्री मोदीले भेटेको विषयलाई के–के न भयो भन्नेगरी लिन हुँदैन,’ ओलीले भनेका थिए।

सधैँ लामो सम्बोधन गर्ने ओलीले भदौ १३ मा छोटो सम्बोधन गरेका थिए।

भदौ १० गते गौरा पर्वको अवसरमा टुँडिखेलमा आफूमाथि लागेको मुर्दावादको नारा सामान्य नभएको ओलीको भनाइ छ।

‘अहिले हाम्रा अगाडि चुनौती छन्, यसको सामना गर्न पार्टी संगठनलाई अझै बढी व्यवस्थित, एकताबद्ध र सशक्त बनाएर लानुपर्छ,’ प्रधानमन्त्री ओलीले भने।

राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण रहेको भन्दै ओलीले तनावग्रस्त अवस्था देखिन सक्ने बताए।

‘अन्तर्राष्ट्रिय परिस्थिति अत्यन्त गम्भीर छ। रुस–युक्रेन युद्ध पहिलाभन्दा बढेको छ। त्यसमा विभिन्न राष्ट्रहरू छँदैछन्,’ ओलीले थपे, ‘इजरायल र हमासबीचको लडाइँ पनि अमानवीय र क्रुर बन्दै गएको छ। इजरायलले क्रुरतापूर्वक जथाभावी ढंगबाट केटाकेटीदेखि बुढाबुढीसम्मको हत्या गरिरहेको छ। त्यसमा अन्य राष्ट्रहरू पनि आकर्षित हुने सम्भावना देखिँदैछ। यस्तो तनावग्रस्त अवस्था देखिइरहेको छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group