ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजपाको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा प्रभु साह


एबीसी न्यूज
१४ भदौ २०८१, शुक्रबार   २ : ३०   बजे

काठमाडौ १४ भदौ । आम जनता पार्टी आजपा को केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ।  काठमाडौँमा भदौ ११ र १२ गते बसेको आजपाको केन्द्रीय कमिटीको बैठकले प्रभु साहकै अध्यक्षतामा केन्द्रीय कमिटी पुनर्गठन गरेको हो।

जसमा तिलक थापा मगर र उपेन्द्र साह वरिष्ठ उपाध्यक्ष छन्।

यस्तै उपाध्यक्षमा रीतादेवी साह, समिना हुसेन, बिल्टु यादव, ज्ञानेन्द्रकुमार तामाङ र अशोककुमार लामा छन् भने महासचिवमा त्रिभुवन साह, उपमहासचिवमा चन्द्रभूषण साह, राजन यादव, सियाराम कुशवाहा र धनकुमारी मगर छन्।

यसैगरी सचिवमा बाबुराम कौशिक, श्रीचन्द मुखिया, उमेश कुशवाहा, देवी पण्डित रेग्मी, नारायण श्रेष्ठ र नारायण प्रसाद पाण्डे छन्।

आजपाका महासचिव साहका अनुसार स्थायी कमिटी सदस्यमा श्रीलाल महासेठ, कान्तिदेवी महतो, रमेश थपलिया, रवीन्द्रप्रसाद सिंह, गणेश गोतामे, जुरीलाल मोची, सुनिता साह, चन्देश्वर बैठा, बालकृष्ण सापकोटा, परमानन्द बर्मा, धर्मेन्द्र पटेल, भोजराज त्रिपाठी, कदम रसुल, लखीन्द्र साह, प्रदीप पटेल, राधेश्याम साह, उदयचन्द्र प्रसाद, प्रह्लाद पौडेल, श्रीभगवान पटेल, सागर पाण्डे, चन्दन साह, लालबाबु मन्सुरी, विजय यादव, नरेश तुरहा, विजय साह, ममता शर्मा, भोला पाण्डे, कुमारी बबिता, शर्मिला महरा, सिमल कुमारी, बबिता यादव, गीतादेवी साह रहेका छन् ।

यसैगरी सुभद्रा गुप्ता, रञ्जुकुमारी साह, उमाशंकर साह, रामनाथ माझी, पासाङ तामाङ, सरोज कुमार बछार, अञ्जित कुशवाहा, सञ्जय यादव, शिव थापा, ठागा दास, अनिल झा, राजेश साह, सुरेश चौधरी, मिन बहादुर खत्री, किशोर साह, प्रशान्त तिमिल्सिना, देवेन्द्र ठाकुर, उपेन्द्र साहलगायत पनि स्थायी कमिटीमा छन्।

बैठकले पार्टीद्वारा घोषित आन्दोलनका विभिन्न कामलाई व्यवस्थित गर्न पार्टीका विभिन्न संगठनका इन्चार्ज तथा अध्यक्ष हेरफेर गरेको छ।

जसअनुसार आईटी आर्मीको इन्चार्जमा प्रभु साह र अध्यक्षमा चन्द्रभूषण साह, आम ट्रेड युनियन फेडेरेसनको इन्चार्जमा धनकुमार मगर र अध्यक्षमा शिव थापा, आम सम्पर्क मञ्चको इन्चार्जमा बिल्टु यादव र अध्यक्षमा श्रीनारायण साह, आम महिला मोर्चाको इन्चार्जमा देवी पण्डित रेग्मी र अध्यक्षमा कुमारी बबिता, आम विद्यार्थी मोर्चाको इन्चार्जमा उमेश कुशवाहा, सहइन्चार्जमा सरोज बछार र अध्यक्षमा विवेक साह छन्।

यसैगरी आम मुस्लिम मोर्चाको इन्चार्जमा समिना हुसेन र अध्यक्षमा लालबाबु मन्सुरी, आम सांस्कृतिक मोर्चाको इन्चार्जमा विजय यादव, सहइन्चार्जमा रचना शिवाकोटी र अध्यक्षमा सरिता साह, आम दलित मोर्चाको इन्चार्जमा चन्देश्वर बैठा र अध्यक्षमा ठागा दास, आम बुद्धिजीवी मोर्चाको इन्चार्जमा उदयचन्द्र प्रसाद र अध्यक्षमा नवीन महतो, आम उधोग वाणिज्य संघको इन्चार्जमा नारायण श्रेष्ठ र अध्यक्षमा साजन जयसवाल, आम इन्जिनियर्स एन्ड टेक्निकल एसोसियसनको इन्चार्जमा उपेन्द्र साह र अध्यक्षमा गोपाल साह, आम जनजाती महासंघको इन्चार्जमा ज्ञानेन्द्रकुमार तामाङ र इन्चार्जमा पासाङ तामाङ, आम भूमिहिन तथा सुकुम्बासी मोर्चाको इन्चार्जमा श्रीचन्द्र मुखिया र अध्यक्षमा रामनाथ माझी, आम किसान मोर्चाको इन्चार्जमा मनोज यादव र अध्यक्षमा अनिल झा, आम शिक्षक संघको इन्चार्जमा बाबुराम कौसिक र अध्यक्षमा सुरेश महतो, आम खेलकुद संघको इन्चार्जमा सियाराम कुशवाहा र अध्यक्षमा राजु साह, आम सहिद तथा बेपता परिवारको इन्चार्जमा श्रीभगवान पटेल र अध्यक्षमा रुपसागर उपाध्याय छन्।

आजपाको ११ र १२ गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ।

आजपाले ३ असोजमा सातै प्रदेशमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने, धोकेबाज दलहरूसँग भोट फिर्ता माग्ने कार्यलाई अभियानका रूपमा अगाडि बढाउने, भ्रष्ट शासकहरूलाई कर बहिष्कार गर्ने, भगौडा दलालहरूको सम्पत्ति कब्जा गरेर राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकरबाही गर्ने तथा काठमाडौँमा जारी वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउने संघर्ष र कबाड आन्दोलनलाई थप व्यवस्थित गर्दै तेस्रो जनान्दोलनको बलियो आधार खडा गरी सफलताको दिशमा अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

बैठकले पार्टीका विभिन्न विभाग, प्रवास गठन गर्नाका साथै आन्दोलन केन्द्रित नेताहरूको जिम्मेवारीसमेत हेरफेर गरेको आजपाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group