ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीको अवकाश विवादमा अदालतको आदेशबारे गृहमन्त्री – सैद्धान्तिक रुपले मेल खाएन कि


एबीसी न्यूज
१४ भदौ २०८१, शुक्रबार   ३ : २६   बजे

काठमाडौ १४ भदौ । ३० वर्षे अवधिका कारण अवकाश जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन भन्दै अदालतले दिएको अन्तरिम आदेशबारे गृहमन्त्री रमेश लेखकले असन्तुष्टि जनाएका छन् ।

शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले ‘केही आदेशहरु सैद्धान्तिक रुपले, संवैधानिक र कानूनी रुपले मेल खाएन कि भन्ने लागेको’ भन्दै त्यसमा पुनर्विचार गर्न अन्तरिम आदेश खारेजको निवेदन दिएको बताएका हुन् ।

सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाश हुन लागेका २१ प्रहरी अधिकारीले दिएको रिटमाथि सुनवाइ गर्दै ६ भदौमा तत्काल अवकाश नदिन अन्तरिम आदेश दिएको थियो । त्यसपछि प्रहरी र सशस्त्रका अन्य अधिकृतहरुले पनि सोही अनुरुपको रिट निवेदन अदालतमा दिएका थिए ।

३० वर्षे सेवा अवधिका कारण प्रहरी अधिकारीलाई अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश
आज ९शुक्रबार० पनि अदालतमा सुनवाइ रहेको भन्दै गृहमन्त्री लेखकले थपे, ‘नेपाल प्रहरीको कानुनमा केही जटिलता, समयसापेक्ष रुपले परिमार्जन गर्नुपर्ने अवस्था विद्यमान छ । त्यसका लागि मन्त्रालयले विधेयक अगाडि बढाइसकेको छ ।’

 

त्यसअनुसार कानुन बनाउने प्रक्रियामा रहेका बेला सर्वोच्च अदालतबाट केही आदेशहरु भएको उनले बताएका छन् । ‘अन्तिममा सम्मानित सार्वेच्च अदालतले जे आदेश गर्छ, जे फैसला गर्छ, त्यो सबैका लागि मान्य हुन्छ’, लेखकले भने, ‘तर, यो नितान्त संवैधानिक, कानुनी विषय भएकाले यही विषयमा मन्त्रालय र प्रहरीबीचमा कुनै असझदारी हुनुपर्ने कारण देखेको छैन ।’

अदालतले १० वर्ष पहिले नै यो विषयमा कानून बनाएर अघि बढ्नु भनेको स्मरण गर्दै लेखकले भने, ‘तर, अहिलेसम्म ऐन बन्न सकेन । त्यस कारण मैले आउनेबित्तिकै त्यो कानुन बन्नुपर्छ भनेँ ।’ अहिले प्रहरीको ऐनको खाका अर्थ मन्त्रालयसम्म पुगेको भन्दै उनले भने, ‘मेरो कार्यकालको १०० दिनभित्रै संसद्मा टेबल हुनेछ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group