ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रानीपोखरी पुनःनिर्माण : डिजाइन नपाएपछि काम अघि बढेन


admin
१८ फाल्गुन २०७४, शुक्रबार   ४ : ३४   बजे

काठमाडौँ, १८ फागुन । रानीपोखरी पुनःनिर्माणका लागि पुरातत्व विभागले डिजाइन नपठाउँदा काम पुनः सञ्चालन हुन सकेको छैन । 

काठमाडौँ महानगरपालिकाको कार्यकारी अघिकृत अनिराम शर्माले हालसम्म विभागले डिजाइन नपठाएको हुँदा काम अघि बढ्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो,–“यसअघि गरेको सम्झौता अनुसार बालगोपालेश्वर मन्दिर विभाग र पोखरीको अन्य स्थान कामपाले निर्माण गर्ने भने पनि पछिल्लो समय सबै डिजाइन विभागले नै पठाउने निर्णय अनुसार, डिजाइन नहँुदा काम अघि बढ्न नसकेको हो ।”

उता पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले मन्दिर पहिलेकै डिजाइनअनुसार काम हुन्छ, अन्य पर्खाल र पोखरीको डिजाइनबारे छलफल भइरहेको जानकारी दिनुभयो ।

विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण क्षति पुगेको रानीपोखरी पुनःनिर्माणको सम्बन्धमा लामो समय आन्तरिक विवाद भएपछि गत पुस १३ गते पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा विज्ञ समूह गठन गरिएको थियो ।

उक्त समूहले गत माघ ७ गते प्रतिवेदन बुझाइसकेको छ । गत पुस ९ गतेदेखि काम अवरुद्ध भएको छ । विज्ञ समूहले भने बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुँगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्दछ ।

उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रष्ट हुन्छ । त्यसैले पुरानै शैलीमा मन्दिरको निर्माण गर्नुपर्ने विज्ञले सुझाव दिएका छन् । –––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२२ दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, विदेश जाने सेवाग्राही सबैभन्दा बढी मारमा

सरकारी सफ्टवेयरका लागि छुट्टै केन्द्र, ३० स्थायी कर्मचारी रहने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu