ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनमा ६६ हजार रुसी सैनिक मारिएको ‘मिडियाजोना’को दाबी


एबीसी न्यूज
१६ भदौ २०८१, आइतबार   ३ : १०   बजे

काठमाडौं १६ भदौ । युक्रेनमा जारी युद्धमा ६६ हजारभन्दा बढी रुसी सैनिकको मृत्यु भएको एउटा स्वतन्त्र रुसी सञ्चार माध्यम ‘मिडियाजोना’ले शनिबार जनाएको छ।

‘मिडियाजोना’ले बीबीसी रुसी सेवासँगको सहकार्यमा खुला स्रोतको तथ्याङ्क प्रयोग गरेर ज्ञात सैनिकको मृत्युको सूची तयार गरिरहेको छ।

यसअघि, गत अप्रिलमा उनीहरूले मारिएका ५० हजारभन्दा बढी रुसीको नाम फेला परेको घोषणा गरेका थिए।

‘मिडियाजोना’ले शनिबार भनेको छ, ‘अगस्ट ३० सम्म हामीलाई युद्धमा मारिएका ६६ हजार ४७१ रुसी सैनिकको नाम प्राप्त भएको छ।’

पछिल्लो चार हप्तामा यो सूची चार हजार ६०० भन्दा बढीले बढेको र धेरै सैनिकहरूको मृत्यु सार्वजनिक नगरिएकाले यो निश्चित आँकडा नभएको स्रोतले जनाएको छ।

‘मिडियाजोना’की एक सञ्चारकर्मी अनास्तासिया अलेक्सिएभाले मृत्यु हुनेको पछिल्लो सङ्ख्या कुर्स्क क्षेत्रमा युक्रेनको आक्रमण वा पूर्वमा रुसको प्रगतिसँग सम्बन्धित नभएको बताएका छन्।

‘यसको कारण यो हो कि अनुसन्धानकर्ताहरूले अझै पनि मृत्यु रिपोर्टहरूको ब्याकलगमार्फत काम गरिरहेका छन्,’ उनले भने।

प्रतिवेदनमा राष्ट्रिय सेवामा संलग्न १७२ जना सैनिक युद्धमा मारिएको पाइएको उल्लेख गरिएको र यो प्रारम्भिक महिनाहरूमा सबैभन्दा बढी हो।

‘मिडियाजोना’का सम्पादक दिमित्री ट्रेश्चानिनले भने, ‘यी आँकडाहरू पूर्ण रूपमा सही नहुन पनि सक्छन्, किनभने अनिवार्य सैन्य भर्ती केन्द्रहरूले व्यावसायिक सैन्य सम्झौतामा हस्ताक्षर गर्नका लागि केही आफन्तहरूको नाम दर्ता गरेको हुन सक्छन्।’

‘मिडियाजोना’को विवरणअनुसार सबैभन्दा बढी दक्षिणी गणतन्त्र बास्कोर्तोस्तानमा दुई हजार ५७८ जनाको मृत्यु भएको छ। यहाँ ठूलो सङ्ख्यामा मुस्लिम समुदायको बसोबास छ।

समग्रमा सबैभन्दा बढी मृत्यु ३३ देखि ३५ वर्षको उमेर समूहका सैनिकको भएको र यस समूहबाट ६ हजार ८७७ जनाको मृत्यु भएको छ।

मृत्यु भएकामध्ये १२ हजारभन्दा बढी कैदीहरू थिए। रुसले कैदीहरूलाई पहिलो चरणको एक अवधिपछि स्वतन्त्रताको आश्वासन दिएर युद्धमा पठाएको छ।

‘तर पछिल्लो समय भर्ती अभियान त्यति सक्रिय छैन, त्यसैले यो सङ्ख्या घटेको छ,’ अलेक्सिएभाले भने।

‘मिडियाजोना’ र बीबीसीले रुसी चिहानहरूको उपग्रहबाट प्राप्त तस्बिरहरूको प्रयोग गर्दै नयाँ मृतकहरूको सङ्ख्या अनुमान गर्न स्वयंसेवकहरूसँग मिलेर फेब्रुअरी २०२२ देखि आधिकारिक रिपोर्ट र मिडियाजस्ता खुला स्रोतबाट प्राप्त हुने जानकारीको प्रयोग गरी मृत्युको गणना गरिरहेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमहिनामा नमा करिब सात लाख रुसी लडिरहेको बताएका थिए।

मस्कोले ‘विशेष सैन्य अभियान’मा आफूले बेहोरेको क्षतिबारे तथ्यांक विरलै सार्वजनिक गर्ने गर्छ।

सन् २०२२ को सेप्टेम्बरमा रुसी रक्षा मन्त्रालयले युद्धमा ५ हजार ९३७ सैनिक मारिएको बताएको थियो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फेब्रुअरीमा युद्धको पहिलो दुई वर्षमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताएका थिए। राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group