काठमाडौं १६ भदौ । सेयरबजार परिसूचक नेप्से ५३।६३ अंकले घटेको छ। १।९५ प्रतिशतले घटेसँगै सेयरबजार २७ सय विन्दुबाट झरेर २६९५।९३ मा पुगेको हो।
आज बजारमा १० अर्ब ५१ करोडको सेयर किनबेच भएको छ। २ करोड ६२ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो।
२०९ कम्पनीको सेयर मूल्य घटेको दिन ३१ वटाको मात्रै बढेको छ भने ४ वटाको स्थिर छ।
आज सुपर माई हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ९।८७ प्रतिशत कमाए पनि बाँकी लगानीकर्ताले अधिकतम ८।७३ प्रतिशतसम्म मात्र प्रतिसेयर आम्दानी गरेका छन्।
घटेकामध्ये पिपुल्स पावर र माई खोला हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ। ४ कम्पनीको सेयर ९ प्रतिशतले घटेको छ।
कारोबारतर्फ गुडविल फाइनान्सको ५२ करोड, हिमालय रि इन्स्योरेन्सको ३३ करोड, नेपाल फाइनान्सको ३३ करोड, अपि पावरको २६ करोडको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्