ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली राजमार्ग अवरुद्ध : जुम्लाबाट ल्याइएको ४५ ट्रक स्याउ ५ दिनदेखि बाटोमै अलपत्र


एबीसी न्यूज
१६ भदौ २०८१, आइतबार   ४ : ०१   बजे

काठमाडौं १६ भदौ । गत बुधबार भदौ १२ राती परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्गका विभिन्न क्षेत्रमा सडक अवरुद्ध बनेको छ। कर्णाली राजमार्गको दैलेख–कालिकोटका अधिकांश स्थानहरूमा सडक अवरुद्ध भएको हो।

बाढीपहिरोले राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट बेच्नका लागि ल्याइएका स्याउका करिब ४५ ट्रक ५ दिनदेखि अलपत्र परेका छन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार, कालिकोटको खाडाँचक्र नगरपालिका–३ मा कर्णाली राजमार्ग अन्तरगत ताडी बसपार्कमा ४५ स्याउका ट्रक अलपत्र परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रवक्ता एवं प्रहरी निरीक्षक पोषण थापाले जुम्लाबाट बजारमा पठाउनका लागि आएका स्याउका ४५ ट्रक कालिकोटमै रोकिएका जानकारी दिए।

‘गत बुधबारदेखि अवरोध सडक खुलाउने प्रयास भइरहेको छ। खाडाँचक्र नगरपालिका–३ को ताडीमा जुम्लाबाट आएका स्याउका ४५ मिनीट्रक रोकिएका छन्। एकरदुई दिनमा बाटो बनेपछि सुर्खेततर्फ जान्छन्,’ उनले भने।

 

साथै, प्रहरी निरीक्षक थापाले स्याउ हालसम्म नबिग्रिएका र केही स्याउ त्यहाँका स्थानीयहरूले किनेर खाने गरेका छन्।

प्रहरी निरीक्षक थापाकाअनुसार ताडीमा जम्मा रोकिएका ४६ ट्रकमा ४५ ट्रक स्याउका, जुम्ला र मुुगुबाट आएका ६ वटा बस चार दिनदेखि रोकिएका छन्।

१०७ टन स्याउ अलपत्र
यस्तै, कालिकोटमा अलपत्र परेका स्याउ १०७ टन ९करिब सात करोड बराबरको० रहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले जुम्ला जिल्लाका विभिन्न स्थानीय पालिकाबाट लोड गरेर पठाइएका स्याउ १०७ टन र करिब सात करोड मूल्य बराबरको रहेको जानकारी दिए।

उनका अनुसार, ती ४५ ट्रकमा बोकेका स्याउमा जुम्लाको सिंजा गाउँपालिका, हिमा गाउँपालिका, तातोपानी गाउँपालिका, तिला गाउँपालिका, कन्कासुन्दरी गाउँपालिकाका विभिन्न ठाउँका रहेका छन्।

‘जुम्लाका सबै पालिकामा स्याउ उत्पादन हुन्छ। यहाँको स्याउ सुर्खेत, नेपालगञ्ज, बुटवल, चितवन, विराटनगर, काठमाडौँमा पुग्छ,’ प्रमुख देवकोटले भने, ‘प्राय जुम्लाका स्याउ तराईका सबै ठाउँमा जान्छ। हालसम्म सात करोड बढीको स्याउ बाहिरिएको छ।’

यस्तै, प्रमुख देवकोटाले एक हप्तासम्म स्याउ नबिग्रिने बताए।

‘स्याउ तत्काल कुहिँदैन। तर, गुणस्तरहीन कार्टुन प्रयोग भएको हुन्छ। हामीले गुणस्तरीय कार्टुन प्रयोग गर्न सुझाव दिएपनि किसानहरुले आफ्नै तरिकाले प्याकिङ्ग गर्नुभएको हुन्छ। सस्तो खालको कार्टुन प्रयोग भएपछि स्याउ छिटो बिग्रिन्छ,’ उनले भने।

यसवर्ष जुम्लामा १४ हजारदेखि १५ हजार मेक्ट्रिटन स्याउ उत्पादन हुने अनुमान गरिएको बताए। भदौ महिनादेखि असोज दोस्रो हप्तासम्म स्याउ टिपेर जुम्लाको सकिन्छ।
एकतर्फी सडक सञ्जाल
गत बुधबारदेखि अवरुद्ध कर्णाली राजमार्गको दैलेख–कालिकोट खण्डको विभिन्न ठाउँको पहिरो हटाएर एकतर्फी सकडक सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय जुम्लाले कालिकोट–दैलेखकोबीचमा आएको पहिरोले अवरुद्ध सडक एकतर्फी खुलेको जनाएको छ।

कार्यालय प्रमुख इन्जिनियर चेतनकुमार मण्डलले कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–२ हुल्म बजारदेखि कालिकोट जिल्लाकै शुभकालिका गाउँपालिका–१ गगनेखोला, शुभकालिका–१ कै गगने र दही खोलासम्म सानो गाडीहरु जाने एकतर्फ बाटो खुलाएको जानकारी दिए।

उनका अनुसार, यी विभिन्न ठाउँमा सडक भास्सिएको, खोलाले सडकलाई कटान गरेको, पहिरोले सडक पुरेका कारण सडक अवरुद्ध भएको थियो।

तीन दिनसम्म लागेर सडक डिभिजन कार्यालय जुम्लाले हेभी इक्वीपमेन्टहरूको प्रयोग गरेर बाटो खुलाएको हो।

यस्तै, कर्णाली राजमार्ग अन्तर्गत दैलेख जिल्लाको आठबीस नगरपालिका–७ मालचौरमा लेदोसहितको पहिरो खसेर १२ गते बेलुकादेखि अवरोध बनेको सडकको शनिबारदेखि सडक डिभिजन कार्यालय बाटो खुलाउने कार्य अगाडि बढाएको छ।

कर्णाली राजमार्ग अन्तर्गतको दैलेख र कालिकोटका विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध बन्दा यात्रुहरूले सास्ती पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group