ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेनमार्कमा मुख्यमुख्य निकायहरूसँग सहकार्य गरेर काम गर्छु : प्रस्तावित राजदूत मानन्धर


एबीसी न्यूज
१६ भदौ २०८१, आइतबार   ४ : ३५   बजे

काठमाडौं १६ भदौ । डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरले सरकारको मार्गदर्शनमा रहेर आफूले कार्य सम्पादन गर्ने बताएकी छिन्।

आइतबार संसदीय सुनुवाइको क्रममा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले जारी गरेको कुटनीतिक मर्यादाभित्र रहेर आफूले कार्य सम्पादन गर्ने कार्ययोजना प्रस्तुत गरेकी हुन्।

प्रस्तावित राजदूत तलाधरले युवाहरूको चासो र चिन्तालाई सम्बोधन हुनेगरी पर्यटन प्रवद्र्धनमा पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरिन्।

डेनमार्क लगायतका विकसित देशमा सोसियल सेक्युरिटीको क्षेत्रमा धेरै सुविधा हुने भएकाले त्यहाँ जाने नेपालीहरूलाई त्यसबारे जानकारी गराउने विषयमा पनि आफूले ध्यान दिने उनको भनाइ थियो।

डेनमार्क लगायतमा मुलुकहरुमा उच्च शिक्षा कम खर्चमा हुने भएकाले त्यसमा सहजीकरण गर्न पनि आफूले जोड दिने प्रस्तावित राजदूत तुलाधरले बताइन्।

‘युवाहरूको चाहनालाई मिट गर्ने खालको टुरिजम प्लानहरू पनि हामीले नेपाल टुरिजम बोर्डसँग मिलेर बनाउन सक्छौँ। नेपाल टुरिजम बोर्डले आफ्नो दूतहरू पनि नियुक्त गर्दो रहेछ। म उहाँहरूसँग एकदमै नजिक भएर काम गर्नेछु। देशको मुख्यमुख्य निकायहरूसँग सहकार्य गरेर त्यहाँ के काम गर्न सकिन्छ, गर्ने हो,’ उनले भनिन्।

प्रस्तावित राजदूत तुलाधरले विकसित देशहरुबाट नेपाल जस्ता विकाशशील राष्ट्रहरुले पाउनुपर्ने सुविधाको बारेमा पनि आफूले चासो दिएर काम गर्ने बताइन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group