काठमाडौं, १८ फागुन । नेपाल मगर संघले मगरात आदिभूमिलाई एक ठाउँमा राखेर आठौं प्रदेश बनाउन माग गरेको छ ।
२६औं राष्ट्रिय सम्मेलन तथा मगरात सम्मेलनको २३ बुँदे घोषणापत्र सार्वजनिक गर्दै मगर संघले मगर स्वायत्त प्रदेश बनाउँदै मगरको साझा मुद्दाहरु जनस्तरसम्म प्रवाह गर्ने बताएको छ ।
मगर आदिभूमिलाई अहिले संघीय संरचनामा तीन टुक्रा पारेको बताएको आपत्ति जनाउँदै घोषणापत्रमा आदिवासी जनजातिहरुको पक्षमा पहिचान र अधिकार सहितको ११ प्रदेश संघीय प्रदेश बनाउन पहल गर्ने जनाएको छ ।
संविधान त्रुटिपूर्ण रहेको बताउँदै मगर संघका अध्यक्ष नविन रोकामगरले संविधान संशोधनमार्फत मगर लगायतका आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नसमेत माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्