ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्षको पदभार ग्रहण गर्दै दिनेश डीसीले भने– म जागिर खान आएको होइन


एबीसी न्यूज
१७ भदौ २०८१, सोमबार   १२ : ३९   बजे

काठमाडौं १७ भदौ ।    निर्देशक तथा संचारकर्मी दिनेश डीसी दिनेश राज दाहाल ले चलचित्र विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गरेका छन्। बोर्डका नवनियुक्त अध्यक्ष डीसीले सोमबार चाबहिलस्थित बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।

बोर्डका कर्मचारीहरुले फूलमाला लगाएर डीसीको स्वागत गरेका छन्। पदभार ग्रहण गर्दै डीसीले फिल्म ज्ञान शास्त्रलाई निर्माण इजाजतपत्रमा हस्ताक्षर गरे।

त्यसक्रममा उनले आफू जागिर खान मात्रै नआएको भन्दैै काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे।

अध्यक्षका लागि ६ जनाको नाम छानिएकोमा सरकारले डीसीलाई नियुक्त गरेको हो।

डीसी चलचित्र विकास बोर्डको १८ औँ अध्यक्ष हुन। करिब डेढ महिनादेखि बोर्ड अध्यक्षको पद खाली थियो।

डीसी सत्तारुढ एमाले निकट भातृ संगठनमा आवद्ध छन्। उनी जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा चलचित्र निर्देशक समाजको पूर्वअध्यक्ष समेत हुन्।

डिसीले सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट अभिनयमा डेब्यु गरेका थिए। उनले दाइको ससुराली, सावधान, मायाज बार, फूलैफूलको मौसम तिमीलाई, छ एकान छ जस्ता फिल्म निर्देशन गरिसकेका छन्।

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu