ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मणिपुरमा भारतीय विद्रोहीद्वारा घातक ड्रोन आक्रमण


एबीसी न्यूज
१७ भदौ २०८१, सोमबार   १ : ३३   बजे

काठमाडौं १७ भदौ । भारतको मणिपुर राज्यमा विद्रोहीहरूले ड्रोनमार्फत सुरक्षा बलहरूमाथि घातक आक्रमण गरेका छन् । यसलाई प्रहरीले अशान्त उत्तरपूर्वी क्षेत्रमा हिंसामा ‘महत्त्वपूर्ण वृद्धि’ भनेको छ ।

आइतबार विद्रोहीहरूले गरेको ‘अभूतपूर्व आक्रमण’ मा ३१ वर्षीया महिलाको मृत्यु र छ जना घाइते भएको प्रहरीले बताएको छ । विद्रोहीहरूले ड्रोन प्रयोग गरी रकेटबाट चल्ने ग्रेनेड प्रहार गरेका थिए ।

सन् २०२३ मा मणिपुरमा मुख्य रूपमा हिन्दू मैतेई बहुसङ्ख्यक र मुख्य रूपमा ईसाई कुकी समुदायबिच द्वन्द्व सुरु भएको थियो । उक्त जातीय द्वन्द्वमा कम्तीमा दुई सय जनाको मृत्यु भएको थियो ।

प्रतिद्वन्द्वी मिलिसियाले युद्धग्रस्त म्यान्माको सीमासँग जोडिएको राज्य मणिपुरका केही भागमा नाकाबन्दी गरेका छन् ।

दुवै समूहबिच लामो समयदेखिको तनाव भूमि र सार्वजनिक जागिरहरूका लागि प्रतिस्पर्धाको वरिपरि घुमेको छ । अधिकांश कार्यकर्ताले स्थानीय नेताहरूमाथि राजनीतिक लाभ हासिल गर्नका लागि जातीय विभाजनलाई बढाएको आरोप लगाएका छन् ।

“सामान्यतया ड्रोन बमहरूको प्रयोग सामान्य युद्धमा प्रयोग गरिन्छ तर सुरक्षा बल र सर्वसाधारणविरुद्ध विस्फोटक पदार्थहरू तैनाथ गर्नका लागि ड्रोनको यो हालैको तैनाथीले महत्त्वपूर्ण वृद्धिको सङ्केत गर्दछ”, मणिपुर प्रहरीले आइतबार विज्ञप्तिमा भनेको छ ।

राज्यको राजधानी इम्फालबाहिरको आक्रमण ‘कथित कुकी’ विद्रोहीहरूले गरेको विज्ञप्तिमा उल्लेख छ । घाइते हुनेमा मृत्यु हुने महिलाकी आठ वर्षीया छोरीका साथै तीन सर्वसाधारण र दुई प्रहरी अधिकारी छन् ।

“सम्भवतः प्राविधिक विशेषज्ञता र सहयोगका साथ उच्च प्रशिक्षित पेशेवरहरूको सहभागितालाई अस्वीकार गर्न सकिँदैन”, प्रहरीले भनेको छ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु

सम्बन्धित

इरानको सैन्य भण्डार पुनःभर्न रुसले गोप्य मार्गबाट हतियार पठाउँदै

भारतमा ‘इनर्जी ड्रिंक’को लेबल हटाउने समयसीमा बढाउन उद्योगको माग अस्वीकार

रुसी सैन्य केन्द्रमा बेलायती ड्रोन प्रयोग भएको दाबी, बेलायतलाई ‘परिणाम भोग्नुपर्ने’ चेतावनी

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

उपचारका लागि इमरान खानलाई अस्पताल सार्न सर्वोच्च अदालतको आदेश

इरानसँगको वार्ता रोक्न ट्रम्पको निर्देशन, होर्मुजलाई लिएर विवाद चर्कियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu