ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गण्डकीमा थपिए एमालेका ४ मन्त्री, मनाङेलाई भौतिकबाट वनमा सारियो


एबीसी न्यूज
१७ भदौ २०८१, सोमबार   २ : १९   बजे

काठमाडौं १७ भदौ । चारवटा मन्त्रालयसहित नेकपा एमालेले गण्डकी सरकारमा सहभागिता जनाएको छ।

कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा एमालेले भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था,कृषि, भूमी व्यवस्था तथा सहकारी, स्वास्थ्य मन्त्रालय र उद्योग तथा पर्यटन मन्त्रालय पाएको छ।

ती मन्त्रालयमा क्रमशः प्रकाशबहादुर केसी,पद्मा जिसी, कृष्ण पाठक र मित्रलाल बस्यालले सम्माल्ने भएका छन्। उनीहरूले सोमबार नै मन्त्रीको रुपमा सपथ लिएका छन्।

एमालेलाई चार मन्त्रालय दिने सहमति बनेपछि मुख्यमन्त्री पाण्डेले मन्त्रालयको संख्या बढाएर ९ पु¥याएका थिए। एमालेलाई महत्त्वपूर्ण मन्त्रालय दिनुपर्ने भएपछि स्वतन्त्र सांसद दीपक मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्रालय सुम्पेका छन्।

एमालेबाट भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउने प्रकाशबहादुर केसी समानुपातिकतर्फका सांसद हुन्। एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीकै जोडबलमा उनी आकर्षक मानिने मन्त्रालयको जिम्मेवारीमा पुगेका हुन्।

केसी लामो समयसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध थिए। राप्रपाकै कोटामा खाद्य संस्थानको अध्यक्षसमेत बनेका उनी २०७१ सालमा मात्र एमाले प्रवेश गरेका हु्न्।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी पद्मा जिसी नवलपुर २ को ‘क’ बाट विजयी सांसद हुन्। एमालेको विद्यार्थी संगठन अखिलबाट राजनीति सुरु गरेकी उनी एमाले केन्द्रीय लेखा आयोगकी सदस्य पनि हुन्। एमाले उनकै नेतृत्वमा गण्डकी सरकारमा गएको हो तर उनले सम्हाल्ने मन्त्रालय चाहिँ भौतिक पूर्वाधारजस्तो आकर्षक मानिँदैन।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने कृष्णप्रसाद पाठक बागलुङबाट समानुपातिक सांसद चुनिएका हुन्। उनी पनि खगराज निकट मानिन्छन्। उद्योग मन्त्रालय प्राप्त गर्ने मित्रलाल बस्याल पर्वत प्रदेश सभा ‘ख’बाट निर्वाचित भएका हुन्। उनी प्रदेशसभाका जेष्ठ सदस्य पनि हुन्। एमालेको गुटगत राजनीतिमा उनी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन्।

यो पटक एमालेले मन्त्री बनाएकामध्ये मित्रलाल र पद्मा जिसी पृथ्वीसुब्बा तथा प्रकाशबहादुर र कृष्ण खगराज निकट रहेका छन्। २२ जना सांसद रहेको एमालेमा कास्की क्षेत्र नम्बर २ को ‘क’ बाट निर्वाचित भीम कार्की, कास्कीकै गणेशमान गुरुङसहित अन्य केही नेताहरु मन्त्रीका आकांक्षी थिए।

तर, संसदीय दलका नेता खगराज अधिकारीले चाहिँ मन्त्री बनाउँदा कि आफू निकट त कि नरम व्यक्तिलाई नै रोजे। जसले गर्दा पृथ्वीसुब्बा निकट भीम,गणेशमान तथा बागलुङका लीलबहादुर थापाहरू पछाडि परे।

९ सदस्यीय मन्त्रिपरिषद्‌मा कांग्रेसको तर्फबाट विन्दुकुमार थापा सामाजिक विकास,युवा तथा खेलकुद र डा। टकराज गुरुङ आर्थिक मामिलामन्त्री रहेका छन्।

कांग्रेसले स्वतन्त्र सांसद दीपक मनाङे र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई पनि आफ्नो भागमा परेको मन्त्रालय दिएर सरकारमै राखेको छ।

केन्द्रीय सत्ता समीकरण परिवर्तनसँगै एमालेले गण्डकीमा ७ वटै मन्त्रालय हुनुपर्ने, तीमध्ये ३ वटा आफूले पाउनुपर्ने तथा दीपक मनाङे र फणिन्द्रलाई हटाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएको थियो।

तर, सार्वजनिक खपतको लागि दिइएको अभिव्यक्तिमा एमाले टिकेन। मन्त्रालयको संख्या ९ बनाउन सहमति जनायो र ४ मन्त्रालय लिएर सरकारमा गयो।

उता, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि कांग्रेसभित्रबाट मन्त्रीका आकांक्षी रहेकाहरुलाई मन्त्री बनाउनेतर्फ भन्दा पनि हिजो आफ्नो पक्षमा बहुमत पु¥याउन सघाउने नेपाल समाजवादी पार्टीका फणिन्द्र र स्वतन्त्र सांसद दीपक मनाङेलाई च्यापे।

पार्टी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीकै अगाडि ती दुईलाई छाड्न नसक्ने अडान लिए।

जसले गर्दा गण्डकीमा शेखर–गगन समूहबाट एकजनालाई मन्त्री बनाइने चर्चा त्यत्तिकै तुहियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group