ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेडक्रस विवादमा तिम्सिनाको स्पष्टीकरण : मुद्दा नरहे हाइसुख भयो


एबीसी न्यूज
१७ भदौ २०८१, सोमबार   ३ : ४२   बजे

काठमाडौं १७ भदौ । मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनाले सरकारविरुद्ध हालेको मुद्दा व्यक्तिगत नभएको बताएका छन् । संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा सांसदहरुले नेपाल रेडक्रस सोसाइटीको विवादमा हालेको मुद्दाबारे प्रश्न गरेका थिए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तिम्सिनाको नेतृत्वमा रेडक्रस कार्यसमिति बनाएको थियो । नयाँ सरकारले त्यसलाई भंग गरेर अर्को कार्यसमिति बनायो । अदालतले तिम्सिनाको पक्षमा अन्तरिम आदेश दियो । त्यही कार्यसमितिले चुनाव पनि गरायो, तर, अहिले पनि दुइटा कार्यसमिति छ ।

राजदूत सिफारिस हुनु अगाडिसम्म तिम्सिना एउटा कार्यसमितिको अध्यक्ष थिए । र, उनले सरकारविरुद्ध हालेको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ ।

यसबारे सोधिएको प्रश्नमा प्रस्तावित राजदूत तिम्सिनाले आफूले व्यक्तिगत मुद्दा नहालेको बताए । रेडक्रस कार्यसमितिको निर्णयअनुसार आफूले मुद्दा हालेको भन्दै उनले भने, ‘विधानमा भएको व्यवस्था अनुसार कार्यसमितिको निर्णयको प्रतिनिधित्व मात्र गरेको हुँ । मैले राजीनामा दिइसकेँ । अब त्यो नयाँ कार्यबाहकमा सरेर जाला ।’

 

मुद्दा हालेको अध्यक्षले नै राजीनामा गरेपछि कसरी मुद्दा रहला भन्ने प्रतिपश्नमा उनले भने, ‘नरहे त ठीकै छ। हाइसुख भयो, कन्फ्लिक्ट नै सकिन्छ ।’

पछिल्लो समय दुवै कार्यसमितिबाट सहमतिको खोजी भइरहेको भन्दै उनले सरोकारवालाहरु बसेर स्वच्छ रेडक्रस बनाउन सकिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu