ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलबाट प्राविधिक ल्याएर कृषिमा काम गर्ने प्रयास गर्छु : प्रस्तावित राजदूत पण्डित


एबीसी न्यूज
१७ भदौ २०८१, सोमबार   ५ : ००   बजे

काठमाडौं १७ भदौ । इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डितले आफूले कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा केन्द्रीत भएर काम गर्ने बताएका छन्।

सोमबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले प्रस्तावित राजदूत पण्डितले सबै प्रदेशमा इजरायलसँग सहकार्य गरेर कृषि केन्द्रमार्फत सहकार्यमा काम गर्ने वातावरण निर्माणमा पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे।

सकेसम्म सबै प्रदेशमा इजरायल सरकारको सहकार्यमा कृषि केन्द्र स्थापना गरी नेपालको कृषि क्षेत्रको समुन्नतिमा आफूले काम गर्ने उनको भनाई थियो।

प्रस्तावित राजदूत पण्डितले नेपालले कृषि क्षेत्रलाई समुन्नत बनाउन सके ठूलो उपलब्धि हुने आफूले देखेकाले सोही उद्देश्य पूरा हुने गरी आफूले काम गर्न चाहेको पनि बताए।

‘मेरो सेलेक्सन भएर काम गरेँ भने देशलाई केही न केही अहिलेको उपलब्धि देखाएर कम्तिमा २, नभए सबै राज्यमा कृषि केन्द्र बनाएर ज्वयन्टी काम गर्नसक्यौं भने इजरायली टेक्निसियन ९प्राविधिक० पनि ल्याएर काम गर्नेछौँ,’ उनले भने, ‘इजरायलीहरूले नेपालीहरूको आफ्नो देशमा गएपछि अल्छी हुन्छन् भनेको मैले सुनेको छु। सकेसम्म हामी नेपालको कृषिलाई मात्रै समुन्नत बनायौँ भने एउटा ठूलो काम हुनेछ। त्यसका लागि आईटी, कृषि र पर्यटन ३ वटा विषयलाई विशेष ध्यान दिनेछु।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group