ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूउपयोग नियमावली संशोधन गरी जग्गा वर्गीकरण गर्ने म्याद थप गर्न महासंघको माग


एबीसी न्यूज
१८ भदौ २०८१, मंगलबार   १ : ०९   बजे

काठमाडौं १८ भदौ । नेपाल जग्गा तथा आवास विकास महासंघले भूउपयोग नियमावली २०७९ मा संशोधन गर्न माग गरेको छ।

महासंघले एक विज्ञप्ति निकाल्दै नियमावली संशोधन गरी भूउपयोग क्षेत्रको वर्गीकरण गर्ने म्याद थप गर्न सरकारसँग माग गरेको हो।

थप हुने अवधिभित्र भूउपयोग क्षेत्रको वर्गीकरणको कार्य सम्पन्न गर्न सो वर्गीकरणको कार्य गर्न बाँकी रहेका सबै स्थानीय पालिकाहरुलाई महासंघले अनुरोध समेत गरेको छ।

भूउपयोग नियमावली २०७९ अनुसार जग्गा वर्गीकरणका लागि ६ महिनाको समयसीमा तोकिएकोमा केही स्थानीय तहबाहेक अधिकांशले जग्गा वर्गीकरणको काम नसकेकाले म्याद थप गर्न भनेको छ।

सरकारले यसअघि नै गत वर्ष साउन ३२ मा पहिलो संशोधन गर्दै १ वर्षभित्र भूउपयोग क्षेत्रको वर्गीकरण गर्नुपर्ने भनेको थियो।

त्यस्तै महासंघले काठमाडौं उपत्यकाका सबै नदी, खोला किनारको तथप २० मिटर क्षेत्रमा थप संरचना बनाउन नदिन सर्वोच्चले दिएको परमादेश र त्यही परमादेशअनुसार काठमाडौं महानगरपालिकाले काटेको पत्र समेत बदर गर्न माग गरेको छ। उक्त आदेश कार्यान्वयन नै हुन नसक्ने महासंघले दाबी गरेको छ।

‘थप २० मिटरका क्षेत्रका घरजग्गा धितो राखी कर्जा लिने दिने सर्वसाधारण जनता तथा घरजग्गा व्यवसायी र बैंक तथा वित्तीय संस्थाहरुसमेत समस्यामा पर्ने र सोबापत खर्बौँ मुआब्जा लाग्ने भई राज्यकोषबाट उक्त ठूलो रकम व्यहोर्न नसक्ने अवस्था सिर्जना गर्ने’, महासंघले दाबी गरेको छ।

उक्त आदेशले लाखौँ मानिस घरवारविहीन र विस्थापित हुने महासंघको दाबी छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group