काठमाडौं १८ भदौ । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री प्रसाद पाण्डेसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले शिष्टाचार भेटवार्ता गरेका छन्।
मन्त्री पाण्डे र राजदूत अन्सारीसहितको भेटवार्ताका क्रममा द्विपक्षीय हितबारे छलफल भएको हो।
मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको संस्कृति, पर्यटन क्षेत्रको विकास र समृद्धिका बारेमा छलफल भएको थियो।
छलफलका क्रममा विश्वकै उत्कृष्ट भनिएको कतार एयरयोजले अवलम्बन गरेका रणनीति र नेपाल एयरलाइन्सले अनुसरण गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो।
द्विपक्षीय भेटघाटका क्रममा परराष्टमन्त्रालयका प्रतिनिधि समेत थिए।
प्रतिक्रिया दिनुहोस्