ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबै दलको सहमतिमा संविधान संशोधन गर्छौं : गृहमन्त्री लेखक


एबीसी न्यूज
१८ भदौ २०८१, मंगलबार   १ : २५   बजे

काठमाडौं १८ भदौ । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गरेर समावेशी चरित्रको राज्य निर्माणका लागि संविधान संशोधन गरिने बताएका छन्। लेखकले आधारभूत विषयमा कुनै खालको प्रतिरोध नहुनेगरी सबै राजनीतिक दलको सहमतिका आधारमा संविधान संशोधन गरेर अघि बढ्ने बताएका हुन् ।

मंगलबार प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृह मन्त्री लेखकले अहिलेसम्मको अभ्यासका क्रममा देखिएका सरलता र जटिलताको समीक्षा गरेर मात्र सरकार संविधान संशोधनको बाटोमा अघि बढ्ने उल्लेख गरे ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गरेर समावेशी चरित्रको राज्य निर्माणका लागि संविधान संशोधन गछौँ। संविधानका आधारभूत विषय छन् । त्यसमा कुनै प्रतिरोध नहुनेगरी समावेशीता, थप सुदृढ, बलियो र जनताका लागि कार्यान्वयन हुनेगरी संविधानको संशोधन हुन्छ,’ लेखकले भने, ‘संविधानको अभ्यासका क्रममा देखिएका सरलता र जटिलता समिक्षा गरेर मात्र संविधान संशोधन हुन्छ।’ तर, एक वा दुई पार्टीको चाहानाले नभएर चरणबद्ध छलफल गरेर सबै राजनीतिक दलको सहमतीका आधारमा संशोधन गरीने उनको भनाई थियो।

‘पहिलो चरणमा ९÷१० वर्षसम्म संविधानको जुन अभ्यास गरेका छौं । त्यसको समीक्षा गर्छौं। के–के राम्रा भए रु कहाँ कहाँ जटिलता भए समिक्षा गछौँ । त्यसले विषयवस्तु पहिचान हुन्छ’ उनले भने, ‘विषयवस्तु पहिचान भइसकेपछि ती माथि सबै दलसँग संवाद गछौ। सबै दलसँग संवाद गरेपछि सहमतीका आधारमा संविधान संशोधन हुन्छ।’

 

मुलुकमा कांग्रेस र एमालेले विशेष परस्थितिमा गठबन्धन गरेर सुखद परिणाम प्राप्त गरेको इतिहास रहेको उल्लेख गर्दै लेखकले अहिले पनि स्थिर सरकार र समीकरणका लागि दुवै दल मिलेको बताए।

संविधान संशोधनसँगै शिथिल भएको अर्थतन्त्र चलायमान गर्ने, भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने, विकास निर्माणलाई द्रूत गतिमा अघि बढाएर संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउन दुवै दल मिलेको लेखकको भनाई थियो।

‘इतिहासमा कांग्रेस र एमाले मिल्दा सुखद परिणाम प्राप्त गरेका छौं । निरुकुंश पञ्चायत व्यवस्थाविरुद्ध लड्न कम्युनिष्ट–कांग्रेस गठबन्धन गरेको थियौ। सशस्त्र संघर्षलाई मिलेर शान्तिमा रुपान्तरण गरेका छौं ’ उनले भने, ‘राजाले निरुकुंता लाध्दा मिलेर मुलुकमा लोकतन्त्र स्थापाना गर्दै मिलेर संविधान बनायौँ। देशमा महत्वपूर्ण एजेन्डालाई मिलेर सम्बोधन गरेका छौ। विशिष्ट परस्थितीमा कांग्रेस र एमाले मिलेका छौं। अहिले पनि त्यही हो।’

अहिले पनि संघ र प्रदेशमा राजनीतिक अस्थिरताले २(३ महिनामै सरकार ढल्न अवस्था भएकाले स्थिर सरकार र समीकरणका दुई दल मिलेको लेखकको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu