ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय समितिमा परराष्ट्रमन्त्री : भारत भ्रमणमा ईपीजीको विषय उठाएनौं


एबीसी न्यूज
१८ भदौ २०८१, मंगलबार   १ : ४३   बजे

काठमाडौं १८ भदौ । परराष्ट्रमन्त्री आरजु देउवा राणाले आफ्नो भारत भ्रमणमा ईपीजीको विषयमा कुराकानी नभएको स्वीकार गरेकी छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबार बसेको बैठकमा परराष्ट्रमन्त्री देउवाले हालै भएको भारत भ्रमणबारे जानकारी गराएकी थिइन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी थिइन् ।

भारतीय पक्षसँग भएको भेटमा दुई देशका संयन्त्रहरुलाई सक्रिय बनाउने विषयमा कुराकानी भएको मन्त्री देउवाले जानकारी दिइन् ।

पञ्चेश्वर परियोजना, एयर रुटबारे कुराकानी भएको भन्दै उनले भनिन्, ‘बाउन्ड्री वर्किङ ग्रुपको कुरा भएको छ । उहाँहरुले हुन्छ भन्ने कुरा राख्नु भएको छ । तर यस्तै गर्ने भन्ने भएको छैन ।’

भेटवार्ताहरुमा आफूले ईपीजीको प्रतिवेदनको विषय भने नउठाएको उनले बताइन् । दुबै देशका प्रतिनिधिहरुले बनाएको यो प्रतिवेदन उपयुक्त समयमा बुझ्ने उनको विश्वास छ ।

मन्त्री देउवाले अगाडि भनिन्, ‘यो पालिको भ्रमणमा चाहिँ हामीले पनि उठाएनौं, हामीले पनि उठाएनौं । दुबै देशको प्रतिनिधि मिलेर बनाएको रिपोर्ट भएकाले उपयुक्त समयमा आवश्यक छलफलरकारबाही हुन्छ होला भन्नेमा आशावादी छु ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group