ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेंगु सङ्क्रमणबाट चारको मृत्यु


एबीसी न्यूज
१८ भदौ २०८१, मंगलबार   ३ : ०२   बजे

काठमाडौं १८ भदौ । डेंगु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडी० अन्तर्गतको कीटजन्य शाखाका प्रमुख डा। गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको हो ।

पछिल्लो समय डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। देशका ७५ जिल्लामा गरी ६ हजार ८३१ जनामा डेंगु पुष्टि भएको इडिसिडीले जनाएको छ । इडिसिडीको तथ्याङ्कअनुसार तनहुँमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। सोही जिल्लामा एक हजार १४९, कास्कीमा ७६४, पर्वतमा ६५७, चितवनमा ५३३, काठमाडौँमा ५५२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।

त्यसैगरी गोरखामा २६२, झापामा १६८, मकवानपुरमा १२५, ललितपुरमा ११९ स्याङ्जामा ११५ जनामा डेंगु पुष्टि भएको इडिसिडीले जनाएको छ। प्रदेश अनुसारमा बागमती र गण्डकी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। बागमती प्रदेशमा एक हजार ७२३, गण्डकी प्रदेशमा तीन हजार २२९, कोशी प्रदेशमा ८१५, लुम्बिनी प्रदेशमा ४७४, सुदूरपश्चिम प्रदेशमा ३७९, मधेश प्रदेशमा १०६ जनामा डेंगु पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा। विमल शर्मा चालिसेका अनुसार डेंगु सङ्क्रमण एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। डा। चालिसेका अनुसार एक्कासि उच्च ज्वरो आउने, मांसपेशी, टाउको तथा जोर्नी दुख्ने, थकान महसुस हुने वान्ता हुने डेंगु सङ्क्रमणका प्रमुख लक्षण हुन्। चिकित्सकका अनुसार लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु रोगबाट बच्ने एक मात्र उपाय हो।

डेंगुबाट बच्ने उपाय पानी जम्मा गरेर राखिएको पानीको ट्याङ्की, ड्रम, बाल्टीमा लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्न डा। दाहालका आग्रह छ। पूरा शरीर ढाक्ने तथा लामो बाहुला भएका लुगा लगाउने, शरीरको खुला भागमा लामखुट्टे भगाउने मलमको प्रयोग गर्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला सुत्दा झुलको प्रयोग गर्न डा। दाहालले सुझाव दिनुभयो ।

घर, कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने गमलाको प्लेट, फूलदानी कुलर आदिको पानी कम्तीमा हप्तामा एक पटक फेर्न उहाँले अनुरोध गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group