काठमाडौँ, १८ फागुन । कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रेशमलाल चौधरीले सांसद सदस्यको प्रमाणपत्र पाउन र शपथ ग्रहण कार्यक्रममा उपस्थिती हुनको लागि आवश्यक व्यवस्था मिलाईदिन जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएका छन् ।
कैलाली कारागारमा टीकापुर घटनामा कर्तव्य ज्यान मुद्धामा जेल चलान गरिएका चौधरीले कारागारबाटै २० फागुनमा हुने सपथग्रहरणमा उपस्थिति हुन पाउँ भन्दै निवदेन दर्ता गराएका छन्।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले चौधरीले निवदेन दर्ता गराएको पुष्टि गरे। उनको निवेदन संघीय संसद सचिवालयमा पठाउने प्रशासनको तयारी रहेको छ।
प्रतिक्रिया दिनुहोस्