काठमाडौं २३ भदौ । भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छाडेका छन् । राष्ट्रपति चुनावमा उम्मेदवार समेत रहेका उनले स्पेनमा राजनीतिक शरण मागेको भेनेजुएला सरकारले बताएको छ ।
जुलाईमा भएको राष्ट्रपति चुनावको विवादित नतिजापछि गोन्जालेजविरुद्ध वारेन्ट जारी भएको थियो । त्यसपछि उनी लुकेर बसेका थिए ।
स्वेच्छाले केही दिन स्पेनको दूतावासमा शरण लिएपछि गोन्जालेजले स्पेनिस सरकारसँग राजनीतिक शरण मागेको भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगोजले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
सरकारले सुरक्षित निकासका लागि सहमति दिएको र गोन्जालेजले देश छाडेको उनले बताएका छन् ।
स्पेनका विदेशमन्त्री म्यानुअल अल्बेरेसले पनि एडमन्डो गोन्जालेजले स्पेनको वायुसेवाको विमानबाट भेनेजुएला छाडेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्