ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरियामा इजरायली हवाई आक्रमणको अमेरिकाद्वारा निन्दा, ‘तनाव बढाउने अनावश्यक कदम’


ABC NEWS
३ भदौ २०८३, बुधबार   ७ : ३५   बजे

वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाले सिरियाको उत्तर–पश्चिमी इडलिब प्रान्तस्थित अबु अल–दुहुर सैन्य हवाई अड्डामा इजरायलले गरेको हवाई आक्रमणको निन्दा गरेको छ। अमेरिकाले उक्त आक्रमणले क्षेत्रीय तनाव थप बढाउन सक्ने भन्दै सबै पक्षलाई सैन्य कारबाहीभन्दा वार्ताको माध्यमबाट विवाद समाधान गर्न आग्रह गरेको छ।

सिरिया र इराकका लागि अमेरिकी राष्ट्रपति विशेष दूत टम ब्यारेकले सामाजिक सञ्जाल ‘एक्स’मार्फत इजरायली आक्रमणलाई ‘अनावश्यक तनावको स्रोत’ भनेका छन्।

उनका अनुसार सिरियाली सरकारले हाल आक्रामक गतिविधि नदेखाएको र कुनै प्रोक्सी सेनासँग सम्बन्धित नरहेको अमेरिकी बुझाइ छ। बरु सिरियाले इजरायलसँग तनाव कम गर्न चाहेको धारणा पटक–पटक व्यक्त गर्दै आएको ब्यारेकले बताएका छन्।

‘वार्तालाई प्राथमिकता दिनुपर्छ’

ब्यारेकले अमेरिकाले यसअघि सिरिया र इजरायलबीच वार्ताका लागि सहजीकरण गरिसकेको र आगामी दिनमा पनि संवादको वातावरण बनाउन तयार रहेको बताएका छन्।

उनले सबै पक्षलाई सैन्य कारबाहीको सट्टा वार्तालाई प्राथमिकता दिन आग्रह गर्दै रचनात्मक संवादमार्फत समस्या समाधान गर्न सकिने अमेरिकी विश्वास रहेको उल्लेख गरेका छन्।

अमेरिकी विशेष दूतको भनाइले सिरियामा पछिल्लो इजरायली सैन्य कारबाहीप्रति वासिङ्टनको असहमतिलाई सार्वजनिक रूपमा स्पष्ट पारेको छ।

कतारद्वारा पनि आक्रमणको निन्दा

सिरियाली हवाई अड्डामाथिको इजरायली आक्रमणको कतारले पनि कडा निन्दा गरेको छ।

कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणलाई सिरियाको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता तथा अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन का रूपमा व्याख्या गरिएको छ।

कतारले सिरियाको सार्वभौम अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिँदै क्षेत्रीय तनाव थप बढाउने सैन्य गतिविधि रोक्न आग्रह गरेको छ।

सिरियाले भन्यो– ‘अन्यायपूर्ण आक्रमण’

सिरियाली विदेश मन्त्रालयले पनि अबु अल–दुहुर एयरबेसमा भएको आक्रमणको निन्दा गरेको छ। बीबीसी फारसीका अनुसार सिरियाले इजरायली कारबाहीलाई ‘अन्यायपूर्ण’ भनेको छ।

इजरायलले भने उत्तर–पश्चिमी सिरियास्थित उक्त हवाई अड्डामा मंगलबार आक्रमण गर्नुको उद्देश्य टर्की सेनाको सम्भावित गतिविधि रोक्नु रहेको जनाएको छ।

इडलिब क्षेत्रमा सिरिया, इजरायल र टर्कीसहित विभिन्न पक्षको सुरक्षा चासो जोडिएको अवस्थामा पछिल्लो आक्रमणले क्षेत्रीय शक्ति सन्तुलन र सिरियाको सार्वभौमसत्तासम्बन्धी बहसलाई थप पेचिलो बनाएको छ।

अमेरिका, कतार र सिरियाले आक्रमणको विरोध जनाएसँगै अब इजरायलको उक्त सैन्य कारबाहीले सिरियासँगको तनाव थप बढाउँछ वा कूटनीतिक संवादतर्फ दबाब सिर्जना गर्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय चासो बढेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नौ सशस्त्र प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने तयारी

अग्रगामी मोर्चाको निर्णय : प्रदेश निर्वाचनसम्म सरकारमा सहभागी नहुने

सम्बन्धित

उपचारका लागि इमरान खानलाई अस्पताल सार्न सर्वोच्च अदालतको आदेश

इरानसँगको वार्ता रोक्न ट्रम्पको निर्देशन, होर्मुजलाई लिएर विवाद चर्कियो

दिल्लीका पूर्वमन्त्री सत्येन्द्र जैन भ्रष्टाचार आरोपमा पक्राउ

भारतमा सामाजिक सञ्जाल सेन्सरशिपको आरोप, कांग्रेसले भन्यो– मोदी सरकारको अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार

कांग्रेसले सार्वजनिक गर्यो महाधिवेशन तालिका

हर्मुज स्ट्रेटलाई ‘अमेरिकी क्षेत्र’ भने ट्रम्प, इरानले गर्‍यो अस्वीकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu