ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले सार्वजनिक गर्यो महाधिवेशन तालिका


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १० : १५   बजे

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरेको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले विज्ञप्ति जारी गर्दै महाधिवेशनअन्तर्गतका विभिन्न तहका अधिवेशन तथा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका हुन्।

तालिकाअनुसार भदौ २ गतेदेखि १० गतेसम्म निर्वाचन प्रतिनिधि अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ। भदौ ११ गते जिल्लामा निर्वाचन अधिकृत खटाइनेछ भने भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि खटाइनेछ। भदौ १६ देखि २० गतेसम्म वडास्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तालिका छ।

भदौ मसान्तसम्म जनसम्पर्क समितिका अधिवेशन सम्पन्न गर्ने कांग्रेसको तयारी छ। निर्वाचन समितिका अनुसार अमेरिका, जापान, फ्रान्स, दक्षिण कोरियालगायत १५ देशका जनसम्पर्क समितिका अधिवेशन यसअघि नै सम्पन्न भइसकेका छन्।

कांग्रेसले भदौ २४ गते सबै वडामा अधिवेशन गर्ने भएको छ। त्यसपछि भदौ २७ गते गाउँ/नगर अधिवेशन, भदौ ३१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा असोज २ गते जिल्ला अधिवेशन गर्ने तालिका छ।

त्यस्तै, असोज ७ गते जिल्ला अधिवेशन, असोज १० गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म सम्पन्न हुनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

हर्मुज स्ट्रेटलाई ‘अमेरिकी क्षेत्र’ भने ट्रम्प, इरानले गर्‍यो अस्वीकार

श्रीलंकामा पुरुषको मूत्रथैलीबाट ३.१ किलोको ढुंगा निकालियो

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

होर्मुज स्ट्रेटमा जहाजमाथि प्रोजेक्टाइल प्रहार, एक चालक दलका सदस्यको मृत्यु

अमेरिकाविरुद्ध थप आक्रामक रणनीति अपनाउने इरानको संकेत

इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजान पाकिस्तानी सर्वोच्च अदालतको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu