ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक


एबीसी न्यूज
२३ भदौ २०८१, आइतबार   ४ : ५६   बजे

काठमाडौं २३ भदौ । ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक गरिएको छ। कलिङ साहित्य महोत्सवमा आइतबार नेपालका लागि बेलायती राजदूत रब फेन, संस्कृतिविद् डा जगमान गुरुङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार परिषद्का सदस्य सञ्जिव सन्यालले उक्त पुस्तक सार्वजनिक गरेका हुन्।

भारतीय प्रधानमन्त्री मोदीको आर्थिक सल्लाहकार परिषद्का सदस्य सञ्जिव सञ्यालले अन्तर्राष्ट्रिय मञ्चमा भारतले आफूलाई सशक्त रूपमा अघि सारिरहेको परिवेशमा त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री मोदीको विश्वप्रतिको दृष्टिकोण बुझ्न पुस्तकले सघाउने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री मोदी सार्क बैठकसहित चारपटक नेपाल भ्रमणमा आइसकेका छन्। भ्रमणका क्रम उनी नेपालको जनकपुर, लुम्बिनीदेखि मुक्तिनाथसम्म पुगेका थिए। नेपाल भ्रमणका क्रममा गरेको सम्बोधनमध्ये महत्त्वपूर्ण ठानिएका सम्बोधन पनि नेपालीमा अनुवाद गरिएको छ।

पुस्तकमा भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधनको मुख्य विषय पुस्तकमा छ।

नेपाल र भारतबीच लामो समयदेखि सम्बन्ध जोडिएको उल्लेख गर्दै पुस्तकका सङ्कलक भूपेन्द्रबहादुर श्रेत्रीले भने, ‘छिमेकी पहिलोको नीति लिएको भारत विश्वका विभिन्न मञ्चमा कसरी प्रस्तुत भइरहेको छ भनेर आमनेपालीलाई थाहा होस् भन्ने उद्देश्यले नरेन्द्र मोदीका भाषण नेपालीमा अनुवाद गरिएको हो।’

क्षेत्रीको संकलन रहेको यो पुस्तक सागर चन्दले नेपाली भाषामा अनुवाद गरेका हुन्।

विश्वमञ्चमा भारत नयाँ ढङ्गले अघि बढिरहेको र त्यसको नेतृत्व मोदीले गरिरहेकाले विश्वमञ्चमा भारतको उपस्थितबारे जानकारी गराउने उद्देश्यले नेपाली भाषामा अनुवाद गरिएको चन्दले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group