ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीपीसँग संगत गरेका वरिष्ठ पत्रकारहरू भन्छन् : नयाँ पुस्ताले योगदान भुल्न थाले


एबीसी न्यूज
२३ भदौ २०८१, आइतबार   ४ : ५८   बजे

काठमाडौं २३ भदौ । वरिष्ठ पत्रकार कमल कोईरालाले बीपी कोईरालालाई साहित्यिक पत्रकारको रुपमा चित्रण गरेका छन्।

१११ औं बीपी जयन्तिको अवसर पारेर नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको ‘पत्रकारिताका सन्दर्भमा बीपी’ विषयक प्रवचन कार्यक्रम बोल्दै उनले सो कुरा बताएका हुन्।

तत्कालीन अवस्थामा शारदा नामक साहित्यिक पत्रिकामा बीपीले साहित्यिक पत्रकारको रुपमा लेख, रचनाहरु प्रकाशित गर्ने गरेको वरिष्ठ पत्रकार कोईरालाले स्मरण गराए।

उनले बीपीले नेपालको राजनीतिक, साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदान नयाँ पुस्ताले भुल्न नहुने धारणा पनि राखे।

वरिष्ठ पत्रकार कोइरालाले भने, ‘बीपी कोईराला नेपालको पत्रकार पनि हो। शारदालगायतका साहित्यिक पत्रिकाको उहाँ गुप्त प्रकाशक नै हुनु भयो। बीपी कोईरालाले सशस्त्र क्रान्तिको शुरु गरेर गल्ती गर्नुभयो। तर पछि फेरि फर्केर स्वदेश आउनु भयो। उहाँले मुलुकको राजनीतिक, साहित्यिकलगायतका धेरै योगदान दिनुभएको छ।’

वरिष्ठ पत्रकार कोईरालाले बीपीले सशस्त्र क्रान्तिको नेतृत्व गरेर भारत निर्वासनमा जाने कुरामा पनि भने गल्ती गरेको बताए।

अर्का वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले बीपीले सबै पत्रकारहरूलाई सम्मान गर्ने गरेको बताए। उनले बीपीले लोकतन्त्रलाई स्थापित गराउनका लागि एउटा मुखपत्रको रुपमा पत्रिका संचालन गर्ने सोच राखे पनि त्यो अधुरो रहेको बताए।

विरहीले भने,‘बीपीले पत्रकारिता क्षेत्रलाई सम्मान, सहयोग, सल्लाह पनि दिनुहुन्थ्यो। र संरक्षण गर्नु हुन्थ्यो। यो आफ्नो र यो अरुको भनेर उहाँ सोच्नु हुन्नथ्यो। वनारसमा यहाँबाट कयौं पत्रकारहरु उहाँको विचारलाई बुझ्नका लागि जाने गर्नु हुन्थ्यो। तर उहाँले शंकास्पद मान्छे हो भन्ने थाहा पाएर पनि उहाँ सहज रुपमा भेट्नुहुन्थ्यो। कुराकानी गर्नुहुन्थ्यो। यताको जानकारी लिनु हुन्थ्यो। आफ्नो विचार निर्धक्कसँग भन्नुहुन्थ्यो। र ती मेरो विचारहरु छाप्न सक्दैनौं होला पनि भन्नुहुन्थ्यो।’

वरिष्ठ पत्रकार किशोर नेपालले बीपी कोईरालाले मुलुकका लागि ठूलो योगदान दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढ्न नयाँ पुस्ताका पत्रकारहरुलाइ पनि आग्रह गरे। उनले नयाँ पुस्ताका पत्रकारहरूले नेपाली भाषाको दोहन हुन नदिने गरी पत्रकारिता गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

वरिष्ठ पत्रकार नेपालले भने, ‘बीपी कोईरालाले धेरै ठूलो काम गरेर जानुभयो। हामीले त्यस्तो केही काम गर्न सकेका छैनौं। जेजति ठूला काम भएका छन्। त्यो पनि भत्किने बेला भएको छ जस्तो लाग्छ कहिलेकाँही। अहिलेको सामाजिक सञ्जालको अवस्था हेर्दाखरी, पत्रपत्रिकाको अवस्था हेर्दाखेरी, अहिलेका रेडियोहरु हेर्दाखेरी यो देशमा देशप्रतिको जवाफदेहिता नै छैन। आफैंप्रति केन्द्रित छौं समाज।’

उनले थपे, ‘नयाँ आउने पत्रकार साथीहरुले भोलिको नेपाल, भोलिको नेपाली सञ्चार, भोलीको नेपाली समाजलाई प्रतिनिधित्व गरेर पत्रपत्रिका, रेडियो जे होस अनलाईन। ती सबैलाई बलियो बनाउनुस्। आफ्नो भाषामा संयम हुनुस्। हाम्रो भाषाको दोहन हुन थालेको छ। त्यसको सही प्रयाग गर्न जान्नुपर्यो। हामी खाली टेक्निकल्ली इन्टरनेटमा गयौँ भनेर नेपाली भाषालाई नबिर्सनु होला।’

वरिष्ठ पत्रकार नेपालले आफैंप्रति केन्द्रित नेपाली समाजलाई देश र जनताको पक्षमा लैजाने काममा पनि पत्रकारहरुले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group