ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साइमेक्स इंक र बीवाईडीद्वारा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा


एबीसी न्यूज
२३ भदौ २०८१, आइतबार   ५ : ०२   बजे

काठमाडौं २३ भदौ । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु इनर्जी भेइकल एनईभी को ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको घोषणा गरेको छ।

सो फाउन्डेसनले साइमेक्सद्वारा समाजलाई दिने प्रतिबद्धता व्यक्त गरेको अर्थपूर्ण र समुदाय केन्द्रित पहलको नयाँ अध्यायको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ।

फाउन्डेसनमा साइमेक्स इंकले १ करोड रुपैयाँ योगदान गर्नेछ भने प्रत्येक बीवाईडी गाडी बिक्रीबापत १० हजार रुपैयाँ फाउन्डेसनमा जम्मा गरिनेछ।

यस सम्बन्धी घोषणा समारोहमा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले ग्राहकले किन्ने प्रत्येक बीवाईडी गाडीवापत १० हजार रुपैयाँ साइमेक्स बीवाईडी फाउन्डेसनलाई उपलब्ध गराउने घोषणा गर्नुभयो । यो पहलले कुनै पनि कार्यमा महत्त्वपूर्ण प्रभाव पार्ने गरी समुदायलाई संलग्न गराउने बीवाईडी र साइमेक्सको सामुहिक लक्ष्यतर्फ संकेत गर्दछ।

यसका साथै साइमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले फाउन्डेसन शुभारम्भका लागि साइमेक्स इंकले १ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरे। शिक्षा, स्वास्थ्य सेवा र दिगो विकास जस्ता समाजमा भएका सबैभन्दा ठूला चुनौतीहरुलाई सम्बोधन गर्ने कार्यमा फाउन्डेसन केन्द्रित हुने जनाइएको छ। यसरी जम्मा गरिएको सहयोग रकम र अन्य सामूहिक प्रयासलाई नेपाली जनताको जीवनस्तर सुधार गर्न र राष्ट्रको प्रगतिमा योगदान पुर्‍याउन समर्पित गरिनेछ।

बीवाईडी नेपालका प्रतिष्ठित ब्रान्ड एम्बेसडर हरिवंश आचार्यले साइमेक्स इंक र बीवाईडीले यसरी समुदायमा वास्तविक फरकपनको अनुभव गराउन गरेको अर्थपूर्ण पहलका लागि बधाई ज्ञापन गरे।

लिउ स्वेलियाङले जोड दिएर भने, ‘साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन एउटा सामान्य पहल मात्र होइन, यो सबैको सुन्दर भविष्यका लागि हाम्रो प्रतिबद्धता समेत हो। हामी व्यवसाय भन्दा पर रहेर समाजमा योगदान दिने कुरामा विश्वास गर्दछौ र यसका लागि स्थायी र सकारात्मक प्रभाव सिर्जना गर्न प्रतिबद्ध छौँ।’

यो फाउन्डेसन साइमेक्स इंक र बीवाईडीको सामाजिक हितको लागि समर्पणको प्रमाण हो, जसले यसलाई व्यावसायिक उद्यम मात्र नभई दिगो विकास र सकारात्मक परिवर्तनको संवाहक समेत बनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group