ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गलैँचा र कच्चा पदार्थ आयातमा व्यवसायीले मागे भ्याट छुट,निर्यात घट्नु चिन्ताजनक-अर्थमन्त्री


एबीसी न्यूज
२३ भदौ २०८१, आइतबार   ५ : १५   बजे

काठमाडौं २३ भदौ । गलैँचा व्यवसायीले नेपाली गलैँचा एवं कच्चा पदार्थ आयातमा मूल्यअभिवृद्धि कर ९भ्याट० छुटको माग गरेका छन्।

आज उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई भेट्दै व्यवसायीले उक्त माग गरेका हुन्।

पछिल्लो समय लामो समयदेखि पाएका विभिन्न सुविधाहरुमा कटौती भएको भन्दै उनीहरुले आफ्ना समस्या अर्थमन्त्री पौडेलसामु सुनाएका थिए।

खासगरी नेपाली गलैँचा, ऊनी धागो कटाइ, रंगाइ, धुलाइ र बुनाइमा मूल्यअभिवृद्धि कर ऐन २०५२ देखि पाइरहेको छुट सुविधा खारेज गरिएको, यसको कच्चा पदार्थमा दिइएको भ्याट छुट पनि खारेज गरिएको, तेस्रो मुलुकमा निर्यात गर्दा प्राप्त हुने आयमा ५० प्रतिशत छुटको व्यवस्था खारेज गरिएको, यस वर्षको बजेटमा निर्यातमा दिइने नगद प्रोत्साहन नदिइएकोले यथाशीघ्र ती सुविधा दिन व्यवसायीको माग छ।

त्यसैगरी नेपाली गलैँचामा ऊनबाहेक प्रयोग हुने सिल्क धागोमा ऊनसरह भन्सार शुल्क तथा भ्याट छुट सुविधा पनि उनीहरुले मागेका छन्। यसको उत्पादन तथा निर्यातबापत सुलभ ब्याजदरमा बैंकिङ कर्जाको व्यवस्था हुनुपर्ने पनि उनीहरुले उल्लेख गरेका छन्।

अहिलेको व्यवस्थाले नेपाली गलैँचो उत्पादन लागत बढ्ने र भ्याट लागू गर्न पनि कठिनाइ हुने व्यवसायीले दाबी गरेका छन्।

व्यवसायीको मागपत्र बुझ्दै अर्थमन्त्री पौडेलले निर्यात घट्नु चिन्ताजनक रहेको टिप्पणी गरे।

‘निर्यात घट्नु चिन्ताजनक विषय हो। तपाईंहरूका माग छलफल गरेर सम्बोधन हुन्छ’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu