ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुमपश्चिममा बाढीले मोटरसाइकल बगाउँदा २ जनाको मृत्यु


एबीसी न्यूज
२४ भदौ २०८१, सोमबार   १ : ०१   बजे

काठमाडौ २४ भदौ ।   रुकुमपश्चिममा बाढीले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको छ।   मुसिकोट नगरपालिका–६ र ७ नम्बर वडाको बीचमा पर्ने रम्बाखोलाले गएराति मोटरसाइकल बगाउँदा एक महिला र एक पुरुषाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार मृत्यु हुनेमा मुसिकोट नगरपालिका–४ बस्ने ५० वर्षीय सर्जन पुन र वडा नम्बर ६ बस्ने अन्दाजी ३३ वर्षीय निर्मला थापा छन्।

गएराति परेको अविरल वर्षासँगै रम्बाखोलामा बाढी आएको थियो। उक्त बाढीले रा ६ प २९६१ नम्बरको मोटरसाइकलमा बगाउँदा पुन र थापाको मृत्यु भएको हो। उनीहरु साँखबाट कानेबाङतर्फ जाँदै थिए।

आइतबार बेलुका करिब ८ बजेको समयमा मुसिकोट नगरपालिकाकै साँख गाउँबाट कानियाँ गाउँतर्फ जाँदै गर्दा खोला तर्ने क्रममा मोटरसाइकलसहित उनीहरुलाई बाढीले बगाएको हो।

घटनास्थलबाट करिब तीन सय मिटर तल महिला र करिब २० मिटर तल पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

पुरुषको शव मोटरसाइकलले च्यापिएको अवस्थामा र महिलाको शवको केही भाग पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए।

मृतक दुवैको शव पोष्टमाटको लागि जिल्ला अस्पताल रुकुमपश्चिममा लगिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group