ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोलमा इथानोल मिसाउने तयारी, १ महिनाभित्रै मूल्य तोकिने


एबीसी न्यूज
२४ भदौ २०८१, सोमबार   १ : ०९   बजे

काठमाडौ २४ भदौ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गर्ने नीति लिने तयारी गरेको छ।  २०६० मंसिर २९ मै राजपत्रमार्फत सोही वर्ष माघ १ गतेबाटै १० प्रतिशत इथानोल मिश्रण गर्ने व्यवस्था गरे पनि बल्ल लागू गर्न लागिएको हो।

छिमेकी मुलुकी भारतमा २०३० सम्म ३० प्रतिशत मिश्रण गर्ने योजना छ। अहिले १५ प्रतिशत मिश्रण गर्दै आएको भारतमा इथानोल उत्पादन गर्नेलाई छुट दिइएको छ।

नेपाल आयल निगम केन्द्रीय प्रयोगशाला प्रमुख प्रतिभा महर्जनले इथानोललाई क्लिन इनर्जीको रूपमा लिने गरेको बताइन्।

नेपालमा उपलब्धताको आधारमा १० प्रतिशतसम्म इथानल प्रयोग गर्न सकिने उनको भनाइ छ। इथानोलको गुणस्तरबारे भने सरकारले मापदण्ड बनाउनुपर्नेछ।

थापाथली क्याम्पसका प्रध्यापक लक्ष्मण पालिखेले पेट्रोलको कार्बन उत्सर्जन सी८ सम्म रहेकामा इथानोलले सी२ मात्रै उत्सर्जन गर्ने हुँदा कम कम प्रदूषण गर्ने बताए। उनले नेपालमा २५ वर्षअघि अध्ययन गर्दा नै नेपालमा प्रयोग गर्न सकिने देखिए पनि अहिले गाडीमै नयाँ प्रविधि आएकाले समस्या नहुने बताए।

नेपाल डिलर एसोसिएसन अफ नेपालका लिलेन्द्र प्रधानले उपभोक्ता सुसूचित हुने गरी लागू गर्न सकिने बताए।

नेपाल सरकारले आर्थिक वर्ष ०७१र७२ यताबाट इथानोल मिश्रण गरी पेट्रोलियम पदार्थको प्रयोग गर्ने नीति तथा कार्यक्रममा राखे पनि कार्यान्वयन हुनसकेको छैन।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कार्यसमिति सदस्यले नेपालमा लागू गर्न चुनौती छ। उनले नेपालमा आइरहेका गाडीले १० प्रतिशतसम्म इथानोल मिसिएका गाडी चल्न सक्ने अवस्था रहेको बताए।

नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले चिनीको उत्पादन कम नहुने गरी इथानोल उत्पादन र प्रयोग गर्न सकिने बताए। इथानोल उत्पादन गर्दा कुनै छुट नचाहिने बताउँदै तत्काल लागू गर्नुपर्ने बताए।

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले चिनी उद्योगले ९० प्रतिशत प्युरिटी रहने बताए। नेपालमा अझै ३० वर्ष बढी पेट्रोलियम पदार्थको खपत हुने भएकाले इथानोल प्रयोगको औचित्य रहेको बताए।

सरकारले इथानोलसम्बन्धी विनियमावली बनाइरहेका जानकारी दिए।

उद्योग वाणिज्य तथा उपभोक्ता समितिका सभापति खानले भदौं ९ गते उद्योग मन्त्रालयलाई व्यवस्थापन गर्न निर्देशन दिएको बताए। उनले इथानोल प्रयोग बढाउँदा रोजगारी बढ्ने र कृषि उत्पादन पनि बढ्ने बताए।

नेपाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले २०६० मा राजपत्रमा प्रकाशित भए पनि लागू हुन नसकेको प्रश्न उठेको बताउँदै मन्त्रालयको कार्ययोजना रहेको बताए।

उनले १० प्रतिशत इथानोल मिश्रण गर्दा नेपालमा दैनिक २ लाख लिटर इथानोल आवश्यक रहेको बताउँदै उत्पादन बढाउनुपर्ने बताए।

उनले अबको १ महिनाभित्र विनियामवली र मूल्य तोक्ने बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu