ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार सर्वोच्चको फैसला पुनरवलोकनमा जानुपर्छः कांग्रेस सांसद केसी


एबीसी न्यूज
२४ भदौ २०८१, सोमबार   ३ : २५   बजे

काठमाडौ २४ भदौ । नदी किनाराबाट थप २० मिटरसम्म संरचना बनाउन नपाउने सर्वोच्च अदालतको फैसलामाथि तत्काल पुनरवलोकन गर्न सत्तारुढ नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले माग गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले पुनरवलोकन नगरिए काठमाडौँमा एउटा विद्रोहको हुने चेतावनी समेत दिएका छन्।

सांसद केसीले काठमाडौँको नदी किनारामा ३(४ आना जग्गामा घर बनाएर बसेका नागरिकलाई बिचल्ली बनाउने गरी सर्वोच्च अदालतले आदेश दिएकाले त्यसलाई रोक्नका लागि सरकारले पुनरवलोकनमा जाने निर्णय लिनु सकारात्मक रहेको पनि बताए।

सांसद केसीले यस विषयमा जनताको पक्षमा आवाज उठाउन नगरपालिकाहरूलाई पनि आग्रह गरे।

उनले भने, ‘तत्कालै पुनरवलोकनमा जानु अहिलेको आवश्यकता हो। त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यक्ता छ। नत्र काठमाडौँमा यसैले एउटा विद्रोहको स्थिति निर्माण गर्न सक्ने परिवेश मैले बुझेको हुनाले मैले फेरि पनि सभामुखज्यूलाई अनुरोध गरेँ। यो प्रत्यक्षरूपमा जनतासँग सरोकार राख्ने विषयवस्तु, त्यसमा पनि चार आना, तीन आना जग्गा लिएर घर बनाएर बसेका देशका विभिन्न भागबाट आएका जनतालाई बिचल्ली पार्ने, उनीहरूलाई अन्यायमा पार्ने स्थितिबाट सरकारले विश्वासमा लिने काम गरोस्।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu