ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपसभामुखले आचरणविपरीतका गतिविधि गर्नुभयो, मार्गप्रशस्त गर्नु हितकर : महेश बर्तौला


एबीसी न्यूज
२५ भदौ २०८१, मंगलबार   १ : ३०   बजे

काठमाडौं २५ भदौ । सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले उपसभामुख इन्दिरा राना मगरले कूटनीतिक मर्यादाविपरीत पत्राचार गरेको र यो पदअनुकूल नभएको कारण राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।

उपसभामुख रानाले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नु नैतिकतायुक्त व्यवहार हुने उनको दाबी छ।

‘वास्तवमा मार्गप्रशस्त गरेर नैतिकतायुक्त व्यवहार प्रदर्शन गर्ने कुरा बढी हितकर हुन्छ। उहाँले जति ढिला गर्नुहुन्छ, त्यति नै समस्या बढ्दै जान्छ,’ बर्तौलाले  भने।

संसद्को गरिमालाई ध्यानमा नराखेर नियतवश उनले दूतावासमा पत्राचार गरेको बर्तौलाको टिप्पणी छ।

रास्वपा कोटाबाट उपसभामुख बनेकी रानालाई हटाउने सत्तारुढ गठबन्धनको तयारी अघि बढेसँगै राजनीतिक वृत्त एकपटक तरंगित भएको छ।

‘यो संसद्मा माननीयले उठाएको विषय हो। सत्तासीन दलहरूले यस्तो गर्न खोज्ने भन्ने आउन खोजेको छ। यो होइन। संसदले संसदीय मर्यादा कायम राख्ने कुरामा अहिलेसम्म सरकार पक्ष जिम्मेवार छ। संसदीय मर्यादालाई कसैले च्युत गर्न पाउँदैन। पदीय जिम्मेवारी लिनुपर्छ,’ बर्तौलाले भने।

‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलहरूले उपसभामुख रानालाई हटाउने तयारी गरेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले नै यो प्रस्ताव सत्ता गठबन्धनको सोमबारको बैठकमा राखेका थिए।

बर्तौलाले  भने, ‘यो गम्भीर त्रुटि हो, यो मानवीय त्रुटि होइन, नियतवश गरिएको पद आचरणविपरीतको गतिविधि हो। संसद्को गरिमा जोगाउनुपर्ने महत्त्वपूर्ण व्यक्तिले कूटनीतिक मर्यादा विपरीत रहेर अन्तर्राष्ट्रिय क्षेत्रमा संसद्को गरिमालाई ध्यानमा नराखेर पत्राचार गर्ने कुरा, अनधिकृत मान्छेलाई स्वीकृति नलिई, संसदलाई जानकारी पनि नगराई यो जे गरियो, यो ब्लन्डर हो।’

रानाले उपसभामुखको हैसियतले पाँचजना नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्राचार गरेको विषय केही समयअघि विवादित भएको थियो। सांसदहरूले संसदमा पनि यो विषय उठाएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group