ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फास्ट ट्रयाकको जिम्मा उपरथी शाहलाई, पोखरेल अवकाशमा


एबीसी न्यूज
२५ भदौ २०८१, मंगलबार   ३ : ५३   बजे

काठमाडौं २५ भदौ । काठमाडौँ तराई द्रुतमार्ग फास्ट ट्रयाक को जिम्मेवारी उपरथी कमल विक्रम शाहले पाएका छन्। यसअघिका आयोजना प्रमुख समेत रहेका सहायक रथी विकास पोखरेल अवकाशमा गएसँगै महत्त्वपूर्ण योजनाको जिम्मेवारी शाहले पाएका हुन्।

यसअघि पनि उपरथी शाहले यो आयोजनामा काम गरिसकेका छन्। शाहले फास्ट ट्रयाक प्रमुखको रुपमा २०७९ असोजदेखि २०८० पुससम्म काम गरेका थिए।

२०८० पुसमा पोखरेललाई नै जिम्मेवारी हस्तान्तरण गरेका उनले ८ महिनापछि पुनः उनैबाट जिम्मेवारी लिएका हुन्। शाह इन्जिनियरिङ विभाग प्रमुख हुन्।

यसअघि पोखरेल विकास निर्माण निर्देशनालय प्रमुखको दरबन्दी भई फास्ट ट्रयाकको जिम्मेवारीमा थिए। तर पदावदि सकिएपछि उनी ३ वर्ष पहिले नै अवकास भएका हुन्। नेपाली सेनामा प्रधानसेनापतिले चाहेमा म्याद थप गर्न सक्ने व्यवस्था छ।

म्याद थप भएको भए पोखरेल २०८४ सम्म उमेर हदका कारण सेनामा रहन सक्थे। म्याद थप नभएसँगै सहायक रथी पोखरेल सोमबारदेखि नै घर बिदामा बसेको सैनिक मुख्यालय स्रोतले जानकारी दिएको छ।

म्याद थप नभएर अवकासको पत्र थमाएपछि पोखरेल बिदामा बसेका हुन्। उनी असोज ७ गतेबाट अवकाश हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group