ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्खाखाँचीमा जिप दुर्घटना: १० घाइतेमध्ये एकको मृत्यु


एबीसी न्यूज
२६ भदौ २०८१, बुधबार   १ : ३४   बजे

काठमाडौं २६ भदौ । अर्खाखाँचीमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।

मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक बिपन कार्कीले जानकारी दिए।

‘दुर्घटनामा गम्भीर घाइते भएका नाम(थर नखुलेका अन्दाजी ४०/४५ वर्षका पुरुषको मृत्यु भएको छ,’ कार्कीले भने, ‘उनलाई उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका हुन्।’

शितगंगा नगरपालिका- १२ हिलेखोलास्थित सन्धिखर्क गोरुसिंगे सडकखण्डमा बुधबार बिहान साढे १० बजे लु १ ज ४७६३ नम्बरको डबल क्याप जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका थिए।

दुर्घटनामा घाइते भएकामध्ये बढी चोट लागेका तीन जनालाई थप उपचारको लागि बुटवल लगिएको छ।

छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ६०मिटर तल खसेर दुर्घटना भएको हो।

यी हुन् घाइते

१। जिप चालक जि।अर्घाखाँची छत्रदेव गा.पा.५ बस्ने वर्ष ४० को चुरा बहादुर खत्रीको दाँया कुम र छातीमा चोट, अवस्था मध्यम। थप उपचारको लागि बुटवल रिफर।
२। ऐ.ऐ.बस्ने वर्ष ४० की साबित्रा बि।क।को मुख र कुममा चोट। अवस्था मध्यम, थप उपचारको लागी बुटवल रिफर।
३। ऐ.ऐ.७ बस्ने वर्ष २४ की अनिता परीयारको निधार र हातमा चोट, अवस्था मध्यम ।
४। ऐ.ऐ. बस्ने निज अनिता परीयारको छोरा २० महिनाको प्रयन्स परीयार चोट नभएको।
५। ऐ.ऐ. ८ बस्ने वर्ष ४२ की गीता आचार्यको ढाडमा चोट, अवस्था मध्यम।
६। ऐ.ऐ.  बस्ने पर्ष १७ की दीक्षा पौडेलको टाउकोमा चोट,अवस्था मध्यम। थप उपचारको लागि बुटवल रिफर।
७। ऐ.ऐ. ६ बस्ने वर्ष ४४ की कमला अधिकारीको हातमा चोट,अवस्था मध्यम।
८। ऐ.ऐ. ५ बस्ने वर्ष ७ की अनुष्का पंथीको टाउकोमा चोट, अवस्था मध्यम।
९। हालसम्म ठेगाना नखुलेको वर्ष २६ की बिष्णु थापाको कान र खुट्टामा चोट,अवस्था मध्यम।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group